नेपाली समय:
Flash News

५ लाख ५१ हजारको सहयोग गर्दै लायन्स क्लवले गर्यो शौचालयको शिलान्यास ।

 

रबिन्द्र बराल/ मजदुर अनलाइन संवाददाता 
रंगेली ,माेरङ
माघ२९ अाईतबार

रामधुनी नगरपालिका वार्ड नं. ९ डुम्राहामा रहेको सनिश्चरे माध्यमिक विद्यालयमा पानीको सुबिधा सहितको छात्रा शौचालय निर्माण हुने भएको छ ।
लायन्स ईन्टरनेशनल ३२५ ए वान का जोन १४ अन्तरगतका ४ वटा लायन्स क्लबहरु र वार्ड नं. ९ को सहयोगमा ५ लाख ५१ हजारको लगानीमा शाैेचालय बनाउने भएको छ ।
शुक्रबारका दिन उक्त विद्यालयमा लायन्स ईन्टरनेशनल ३२५ ए वानका गर्भनरका गर्भनर लिला ढुङ्गेल को प्रमुख अतिथि तथा वार्ड नं. ९ का वाडाध्यक्ष्ँ घनश्याम चौधरीको बिषिष्ट अथित्वमा शिल्यानास कार्यक्रम औपचारिक रुपमा सौचालय शिल्यनास गरेका हुन ।


उक्त कार्यक्रममा
लायन्स क्लब अफ रामधुनी, लायन्स क्लब अफ ईटहरी ग्रिनसिटी, लायन्स क्लब अफ बिराटनगर ईनोभेटिभ, मोरङ्ग लायन्स क्लब अफ बिराटनगर) का अध्यक्ष तथा प्रतिनिधिहरु र जोन चियर पर्सन डाक्टर बालकृष्ण साह, विद्यालय प्रधानाध्यापक निरञ्जन दास तथा शिक्षकशिक्षिकाहरु र स्थानियको उपस्थिती रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ रामधुनीले विद्यालयका अतिविप्नन घर परिवारका विद्यार्थीहरुलाई ३ सय थान कपी, कलम, तथा खेलकुद सामग्रीहरु व्याडमिन्टन, फुटवल, भलिवल, स्किपिङ्ग, लुडो र चेस पनि हस्तारण गरेका थिए । जोन चियर पर्सन डा बालकृष्ण साहले आफुले अध्ययन शुरु गरेको तथा आफ्नो पहिलो विद्यालयमा पहिला सौचालय थिएन र अहिले पनि छात्राले प्रयोग गर्न सक्ने अवस्थामा नरहेकाले शौचालय बनाउने चाहना राखेको समेत साहले बताए ।
प्रमुख अथिति ढुङ्गेलले लायन्स ईन्टरनेशनल तथा डिस्ट्रिकको फोकस कार्यक्रम रहेको र यसले वास्तवमा नै आवस्यक्तमा रहेकाका लागि सेवा हुने भएकाले आफ्नो सर्मथन रहेको बताए । उनले जत्तिसक्दो चाडो बनाएर सञ्चालन गर्न निर्देशन दिदै यसले लायन्सलाई समाजमा स्थापित गर्न पनि मद्दत पुग्नेमा विश्वास राखेको बताए ।