नेपाली समय:
Flash News

सेना दिवसकाे अवसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न !!

 

रबिन्द्र बराल/ मजदुर अनलाइन संवाददाता 
रंगेली ,माेरङ
माघ२९ साेमबार

माेरङकाे कटहरी गाउँ पालिका ६ स्थित सुर्यदल गण ले शिवरात्रीकाे अवसर पारेर रक्तदान तथा सरसफाइ कार्यक्रम गरेकाे छ । सेनाले शिवरात्री तथा सेना दिवसकाे अवसरमा साेमबार जहदा गाउँ पालिका १३ स्थित पुर्वाअन्चल बाल सेवा अाश्रम मा रहेकाे बालबालिका तथा वृद्ध वृद्धा हरुकाे संमन्वयमा तथा नेपाली सेनेकाे संयुक्त अायाेजनामा सरसफाइ गरेको छ ।

त्यसैगरी सेनाले सेना दिवसकाे अवसरमा नेपाल रेडक्रस साेसाइटि माेरङकाे सहयाेगमा सुर्य दल गण ले का गणपति प्रमुख सेनानी ईन्दिवर विष्ट लगायत १५ जना फाैजी हरुले रक्त दान गरेका छन । सेनाले सेना दिवसकाे अवसर पारेर माेरङ जिल्लामा रहेका विरगति प्रप्ति सैनिक हरुका परिवार तथा घाईते, एक्ल महिला हरुकाे सहभागीता मा गणकाे प्रङगणमा संस्कृति कार्यक्रम समेत गरिएको गणका सह सेनानी राजु थापाले जानकारी दिनुभयो ।