नेपाली समय:
Flash News

दिपक थापाको “हट एण्ड सेक्सी” अभिनयले चर्चा पाउदै ( भिडियो सहित) ।

 

तिलोचन गौतम

/ मजदुर अनलाइन सहकर्मी

बुटवल गोल्पार्क का दिपक  थापा सानै बाट खेल क्षेत्र र कलाकारिता क्षेत्रमा अग्रसर र जागरुक थिए । उनि अहिले बाध्यतात्मक स्थितिका कारण वैदेशिक रोजगार को सिलसिलामा मा एक बर्ष पहिला मलेसिया आइपुगेका छन। मलेसिया आएर म्युजिक भिडियो मा अभिनय गरिएला भनेर सोचाइ समेत नगरेका थापा एउटा साथी मार्फत उनले पनि अभिनय गर्ने मौका पाए त्यो उनको लागि अनुभव हुन गयो सुरु सुरु मा अप्ठ्यारो लागे जस्तो महसुस हुन्थ्यो। तर पनि ईच्छा न हो अभिनय गरेको भिडियो बजारमा आएपछी अझै बडी हौसला मिल्यो कमि कमजोरी लाई सुधार गर्दै दर्जनभन्दा बढी म्युजिक भिडियो खेलिसकेका छन ।

केहि दिन अगाडि मात्रै सार्वजनिक भएको सेक्सी एण्ड हट बाट थप उन्को चर्चा चुलिदै गएको छ । दिनेस बि सि को शब्द संगीत र आवाज मा रहेको सेक्सी एण्ड हट बोल को छायांकन मलेसिया कै एक होटल मा गरिएको थियो । उक्त म्युजिक भिडियो लाई सागर योन्जन तामाङ ले छायांकन गरेका थिए तेस्तै म्युजिक भिडियो लाई प्रदीप योन्जन ले निर्देशन गरेका थिए।

कलाकार को अभिनय भुमिका मा मोडल दिपक थापा सलिना श्रेष्ठ ,श्रुति तामाङ ,अनु तमाङ सेनि तमाङ थिए भने दीपेन्द्र भट्ट ले भिडियो लाई मिक्सिङ गरेर मुहुर्त रुप दिएका थिए ।

बुडा सुब्बा डिजिटल म्युजिक प्रा०लि को अफिसियल युटुब च्यानल बाट ८ तारीख सार्बजनिक भएको थियो । निक्कै दर्सक श्रोता को माया बटुल्दै गरेको मोडल थापा बताउछन् ।

भिडियो हेेेर्न यहाँ क्लिक गर्नुहोस्