नेपाली समय:
Flash News

रंगेली ईलाका प्रशासन कार्यलय प्रमुख बिहिन !

रबिन्द्र बराल
रंगेली ,माेरङ, चैत्र ४ अाईतबार नेपाल सरकारले कुनै पनि जनतालाई दु:ख, अप्ठ्यारो न हाेस भनेर सिंहदरवारकाे अधिकार नगरपालिका,गाउपालिका लाई लिखित रुपमा हस्तान्तरण गरेता पनि त्याे कुरा भने कागजमा मात्रै सिमित रहेको छ । उक्त कुरा माेरङकाे रंगेली मा भने लागू भएको छैन । माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको ईलाका प्रशासन कार्यलयमा प्रमुख नहुँदा सर्वसाधारण हरु मार्कामा पर्ने थालेका छन । फागुन १३ गतेदेखि कार्यलय प्रमुख नहुँदा सेवा ग्राही हरु थप समस्यामा परेका हुन । यस कार्यालयक मा कार्यरत प्रमुख मुरारी प्रसाद घिमिरे प्रदेश नम्बर १ मा रहे अान्त्रिक मामिला तथा कानुन मन्त्रालय मा सरुवा भए पछि हाल सम्म काेहि पनि कार्यालय प्रमुख नहुदा सर्वसाधारण हरु मार्कामा परेका छन । रंगेली ईलाका प्रशासन कार्यलयले यस भेगमा रहेको रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका , धनपाल गाउँ पालिका र कानेपाेखरी का केही गाउँ का जनता हरु यस ईलाका प्रशासन कार्यलयमा अाएर सेवा लिने गरेका छन


।उनी हरुले यहाँबाट नयाँ नागरिकता,प्रतिलिपी नगारिकता र पासपोर्ट बनाउनका लागि चाहिने नागरिकता रुजु गर्ने कामहरु गर्ने गरेका छन । कार्यलय प्रमुख नहुदाँ सर्वसाधारण हरु रंगेली देखि २२ किलोमिटर टाडा बिराटनगर गएर नागरिकता बनाउन बाध्य भएका छन । यहाँ बाट दैनिकी ५० देखि ८० वटा सम्म नयाँ नागरिकता बनाउन गरे काे कार्मचारी हरु बताउछन् । एक सेवा ग्राहिले भने अाफु २ दिन देखि नागरिकता बनाउन का लागि अाएकाे तर कार्यलमा प्रमुख नहुदा अाफुलाई बिराटनगर गएर नागरिकता बनाउन त्यहाँका कार्मचारी हरुले पठाएको बताए । नगरपालिका ले समयमै ध्यान नदिएका कारण सर्वसाधारण हरुले दुख पाएकाे सर्वसाधारण हरु बताउछन् ।