नेपाली समय:
Flash News

सन्ध्याको दोश्रो कोशेली “सुस्केरा” गीति सङ्ग्रहको युएईमा बिमोचन हुँदै

उत्तम बिक दुबई २७ मार्च
चर्चित गायिका तथा मोडल सन्ध्या सुस्केराको दोश्रो गीति एल्बम “सुस्केरा”को बिमोचन युएईको दुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्टको हलमा आगमी ३० मार्चका दिन हुने भएको छ । गायिका तथा मोडलको प्रथम कोशेली सन्ध्याको अपार सफलता पछि दोश्रो लोक तथा आधुनिक गीति संग्रह सुस्केरा दर्शन श्रोता माझ बिमोचन हुन लागेको हो । गायिका तथा मोडल सन्ध्याले भिमेश्वर उच्च माध्यमिक बिधालय दोरम्बा ७ रामेछापको सहयोगार्थ युएईमा रहेका विभिन्न संघ सस्था, बुद्धिजीबी, पत्रकार, ब्यबसायी लगायत युएईबासी नेपालीहरु माझ उक्त बिमोचन कार्यक्रम राख्न लागेको जनकारी दिएकी छन । शिरबन्दी डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको सुस्केरा गीति सङग्रहमा पर्देशिनु पर्दा, गाजालु किरिम लाएर, बादल भित्र जुन छ, आफ्नो भन्नू तिमी मात्रै र जब मेरो समिपमा लगायत बोलका गितहरु रहेका छन । गायक रामजी खाड, उत्तर लामा संगीतकार बिक्रम थापा, केशर लामा रचनाकार मिलन लामा एरेन्जर बिनोद बाजुराली, बिक्रम थापा लगायतको सहयोगमा सु-सज्जित गीति सङग्रहमा राम मगरको विशेष सहयोग रहेको गायिका तथा मोडल सन्ध्याले जानकारी दिएकी छन । हालसम्म थुप्रै म्युजिक भिडियोहरुमा स्वर भर्नुको साथै अभिनय समेत गरिसकेकी सन्ध्या युएईमा रहेको अन्तर्राष्ट्रिय कलाकार संघ (ईनास) को दुबई क्षेत्रीय समितिको उपाध्यक्ष हुन । बिधालयको सहयोगार्थ आयोजना हुन लागेको बिमोचन कार्यक्रममा उपस्थित भएर सबैले सहयोग गरिदिनको लागि समेत गायिका तथा मोडल सन्ध्याले आग्रह गरेकी छन । गायिका तथा मोडल सन्ध्याको दोश्रो गीति सङ्ग्रह सुस्केराको सफलताको हाम्रो पनि शुभकामना ।