नेपाली समय:
Flash News

नेपाली युवाले सच्याइदिए भगवान बुद्धको जन्मस्थलबारे थाइल्याण्डको त्रुटिपुर्ण पाठ्यक्रम

रबिन्द्र बराल रंगेली, चैत्र ६ मंगलबार
थाइल्याण्डका विद्यालयहरुमा भगवान बुद्धको जन्म भारतमा भएको भन्ने त्रुटिपुर्ण पाठ्यक्रम एक नेपाली युवाको प्रयासले सच्चिने भएको छ । थाइल्याण्ड प्राथमिक तह ९ कक्षा एक, दुई र तीन०का विद्यार्थीहरुले अध्ययन गर्ने सामाजिक विषयमा भगवान बुद्धको जन्म प्राचीन कपिलवस्तुमा भएको र सो अहिले भारतमा पर्ने भन्ने उल्लेख थियो । थाइ सरकारले नै लागु गरेको पाठ्यक्रममा त्यस्तो त्रुटि थाइल्याण्डमा व्यवसाय गरिरहेका लमजुङका सुनिल भट्टले फेला पारेका थिए । सो त्रुटि सच्याउनकालागि पहल गर्न आग्रह गर्दै भट्टलेले गएको फेब्रअरी २० मा बैंककस्थित नेपाली दुतावासमा इमेल गरेका थिए । इमेलमामा उनले पाठ्यक्रममा भएको त्रुटिको फोटो, पब्लिकेसन गृहको नाम आदि संलग्न गरे । भट्टले यसबारे भाइबरमा कुराकानी गर्दै भने, ‘मैले मेल गरेपछि नेपाली दुतावासले विभिन्न प्रमाणसहित थाइ सरकार र प्रकाशन गृहमा पत्राचार गरिदियो । त्यसपछि यो विषयमा यहाँको सरकार र प्रकाशन गृहले क्षमा माग्दै भ“ल सच्याउने जानकारी दिए ।’ प्राथमिक तहको पाठ्यक्रम छाप्ने ‘एकेएसओआरएम’ले नेपाली द“तावासलाई अबको संस्करणमा यस्तो त्रुटि सच्याउने नम“नासहित पत्राचार गर्यो । भट्ट भन्छन्, ‘नेपाली दुतावासले यो विषयमा तत्काल पहल लियो । थाइ पक्षले पनि गम्भीरताप“र्वक गल्ति स्वीकार गर्यो ।’ थाइल्याण्डमा बर्सेनि पाँच लाख बालबालिकाले प्राथमिक तह पार गर्छन् । थाइल्याण्डमा ९५ प्रतिशत बौद्धमार्गी छन् । थाइल्याण्डको मध्ये दक्षिणमा पर्ने वाहिन जिल्लास्थि वाहिन प्राथमिक विद्यालयको पाठ्यप’स्तकमा यस्तो भ्रामक जानकारी नेपाली व्यवसायी भट्टले फेला पारेका थिए ।