नेपाली समय:
Flash News

राजनीतिसंग गाँसिएको हाम्रो परिवेश– आमोद श्रेष्ठ

   राष्ट्रको राजनीतिले हाम्रो समाजमा प्रत्यक्ष तथा परोक्षरुपमा प्रभाव पारिनै रहेको हुन्छ । हाम्रो जस्तो साँस्कृतिक तथा धार्मिक परिवेश रहेको मुलुकमा राजनीतिले अझ बढी प्रभाव पारेको हुन्छ । एकातिर राजनीतिक निहित स्वार्थ प्राप्तिका लागि यो वा त्यो असामाजिक तत्वबाट हाम्रो समाजमा रहेको “बसुधैव कुटुम्बकम” को भावनालाई छताछुल्ल पार्छ भने अर्कोतिर त्यसको दुरगामी असर पारेको हुन्छ । विभिन्न समयमा उठेको हाम्रो राष्ट्र स्वभिमान अहिलेको परिवेशमा सोच्नु पर्ने अबस्था छ ।
के नेपाललाई सगरमाथाको देश भनेर चिने हुदैन ? हिजोको एकात्मक राज्य व्यवस्था थियो राज्यको पहिचानले समग्र नेपालीहरुको भावना समेट्न सकेको थिएन । कृत्रिमरुपमा बनेको राष्ट्रको पहिचानले जनताका अपेक्षा, सोच, चिन्तनलाई समेट्न सकेको थिएन । जसको कारणले हाम्र्रा समाजमा असन्तुष्टी बढनु स्वभाविक नै थियो । त्यही समाजलाई प्रत्यक्ष प्रभाव पारिरहेको निरङ्कुस शासनको विरोधमा जनताहरु आफ्ना अधिकारका लागि पटक पटक आन्दोलन गरे । विरोधको रुप जति ठूलो घाउ उति नै पीडा–जति पीडा उस्तैे आक्रोसमा बदल्दै गयो यतिसम्म की शसस्त्र जनयुद्धको ज्वाला भड्क्यो राज्यको सम्पूर्ण क्षेत्रहरु अस्तव्यस्त बन्न पुग्यो ।
तरपनि विश्वले हामीलाई प्राकृतिक संम्पदाका धनी सगरमाथाको देश भनी चिने, बुद्धको देश भनि माया गरे । अहिले देशको पहिचानमानै अलमलिनु पर्ने अबस्थानै छैन । विविधतामा एकता के ले गराउँछ ? मलाई लाग्छ सबैभन्दामाथि हाम्रो राष्ट्रको पहिचान सगरमाथाको देश, बुद्धको देश राखे सबै नेपालीलाई मान्य हुनेछ । के एउटा सानो सुन्दर राष्ट्रले सम्पूर्ण नेपालीहरुको मन अटाउने २० औै शताव्दीको विधिको शासन भएको राष्ट्र बनाउन सक्दैन र ? विश्वको आँखा हामीतिर नै छ । तर हामीहरु नै एक अर्कालाई आक्षेप लगाई नालायक साबित गर्दैछौ । त्यहाँभित्रको बास्तविकता जे होला त्यो समयले बताउने नै छ । जनताका अदम्य साहसले प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान अबस्थामा पनि विकासका घातक तत्वहरु अबरोध बनी तेर्सिनै रहेको छ । हरेक निकायमा तहगत ब्याप्त भ्रष्ट्र्चार हुनु , आफ्नो कामप्रतिको बफादारिता, इमानदारिता नहुनु, जबाफ देहिता रहित संस्कारले अझै मलजल पाउनु राट्रको लागि अभिषापनै भएको छ यसबाट राज्यले मुक्ति पाउनु पर्छ अनि मात्र हामी नव नेपालमा विधिको शासनको ब्यवस्था गर्न सक्छौ ।
आज हाम्रा सामु बर्षौ देखिको एकात्मक शासन व्यवस्था अन्तभएको अबस्था छ । बर्षौ देखि अन्यायमा परेका, विविध पक्षबाट पछाडी पारिएका, आप्mनो पहिचानका लागि अग्रसर भइरहेका छन – राजनीतिक रुपमा, सामाजिक रुपमा, र आर्थिक रुपमा यो पक्कै पनि नव नेपालको शुभ संकेत हो । आजका महिला पुरुषभन्दा कुनै अर्थमा पनि कम छैनन् । उनीहरु जागरुक छन महिलाप्रति गरिने कुनै पनि शोषण, विभेद, अन्यायको खुल्लारुपमा बिरोध गर्न सक्ने भएका छन । यो उपलब्धि कुनै जाती एवं बर्ग बिशेषको लागि मात्र नभएर हाम्रो समाज तथा राष्ट्र«को लागि नै ठूलो उपलब्धि हो ।
परिवर्तनशील समाजमा समाजका प्रत्येक बस्तु स्थिति परिवर्तन हुन्छ नै यसलाई स्वभाविक रुपमा लिइनु पर्छ । जनताले परिवर्तन चाहेका हुन । परिवर्तनका पक्षपाति जनताहरुले नै देशमा राजनीतिकरुपमा आमूल परिवर्तन ल्याएका हुन । अबको नेपालमा आर्थिकरुपमा परिवर्तन ल्याउनुपर्छ । आर्थिक क्रन्ति हुनुपर्छ । लामो समयदेखि लड्दै आएका नेपाली जनता अब फेरी उनीहरुका आधारभुत अधिकारका लागि लड्नु नपरोस भन्छन् । अब देशको समग्र विकास जन आकंक्षा अनुरुप हुनुपर्छ ।
सामाजिक परिवर्तनको क्रममा मानव धर्म एक सम्बेदनशील विषय बन्दै गएको छ । धर्म मानवमा आ–आफना आस्था विश्वासमा अडेको हुन्छ, समाज परिवर्तनको क्रममा धर्म, संस्कृति, संस्कार पनि परिस्कृत हुदैजान्छ नै । कुनै पनि धर्म मानिसले स्वतन्त्ररुपमा मानेको हुन्छ । त्यसमा स्वयम् व्यक्तिको आफ्नै चिन्तन समर्पण हुन्छ । धर्म मान्नु नमान्नु नितान्त व्यक्तिगत कुरो हो । व्यक्तिलाई जवरजस्ती धर्म मान्न बाध्य गर्न सकिदैन, न बाध्य गरिनु राम्रो हो । २०६८ को जनगणनाले नेपालमा १० ओटा धर्ममान्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यसले हाम्रो देशमा पनि धर्ममा विविधता रहेको बुझाउँछ । यो अनौठो कुराचाँही हैन ।
नजिकैको राष्ट्र भारतलाई हेरौ जहाँ ८० प्रतिशतभन्दा पनि धैरै हिन्दु बस्छन् र एउटा समयमा भारतलाई हिन्दुस्थान नामले बोलिन्थ्यो । अहिलेको भारतमा अल्पसंख्यक विभिन्न धर्मालम्बीहरु सहअस्तित्वमा बस्छन । त्यहाँका हिन्दुहरु आफ्नो राष्ट्रलाई चिनाउदा ूमेरा भारत महान् ू भन्छन । ूमेरा हिन्दुस्थान महान्ू भनेको सुन्दैनांै । किन रु उनीहरुको स्कूलिङ्ग (शिक्षा दीक्षा) नै त्यस्तो हुन्छ । हामी नेपालीलाई पनि सबैभन्दा आफ्नो राष्ट्र प्यारो हुनु पर्छ । विखण्डन ल्याउने, विभेद ल्याउने, असमानता र पक्षपात हुने अबस्था बोली बचनमा पनि ल्याउनु हुदैन । अहिले हाम्रो राष्ट्रको संविधान बनिसकेको अबस्था हो र यो संविधान कुनै जाति, धर्म, लिé, क्षेत्र विशेषको नभई तीन करोड नेपालीले बुझ्नु पर्ने मान्नु पर्नेहुन्छ ।


भारत धर्म निरपेक्ष राष्ट्र हो, र यसमा उनीहरु गौरब गर्छन । त्यस्तै गरी संसारका धेरै देशहरु पनि धर्म निरपेक्ष छन । हाम्रो राष्ट्रलाई हिन्दु स्टेट (राज्य) बनाएर हामी ठूलो हुदैनांै । बरु यसले हाम्रो सोचमा नै संकिर्णता रहेको झल्काउछ ।
विश्वमा धर्मको विषय उठाई ठूूला ठूला नरसंहार हत्या हिंसा भनौ अथवा युद्घ भएको पाउछौ, प्राय यस किसिमका लडाईमा धार्मिक अतिबादले प्रसय पाएको देख्छौ, राज्यनै धर्मको आडमा चल्ने तथा धर्म नै राजनीतिको हतियार बनेको पाउँछौ
साँचो अर्थमा विश्वमा धर्मको विषय उठाई ठूूला ठूला नरसंहार हत्या, हिंसा तथा युद्घ भड्किएको छ । यो वितिसकेको विषय हो एउटा इतिहासको कालखण्ड बनिसकेको अवस्था हो र यसका पानाहरु ठूला ठूला नरसंहारहरुले रक्तिम बनेको छ । तर यो चुप लागेर बस्ने अबस्था चाँही हैन आजको दिनमा पनि विकासोन्मुख राष्ट्रहरुमा मात्र हैन स्वयम विकसित देश भएको कारणले नै गजक्क परेर बसेको राष्ट्रहरुमा पनि धर्मको बिषयमा लडाई भैरहेको छ । यसबाट हामीले पाठ सिक्नै पर्छ । धर्मभित्रका विविध पक्षमा यस्का आस्था आ(आफनै होला यसको आफ्नै परिवेश छ र आफ्नो परिधिभित्र घुमिरहेको हुन्छ । फेरी पनि धार्मिक अतिबादी बाटभएका आन्तक क्रिया कलापका समाचार बाट मात्र पनि हामी भयभित हुनुपरी रहेको छ । धर्मको विषय उठाई अहिलेको अबस्थामा राजनीति गर्नु भनेको लोकतन्त्रमा मनपरी गर्नु हो , हो हल्ला गरी जनताले प्राप्त गरिसकेको संविधानलाई लत्याउनु हो, संबिधानको कार्यन्वयन पक्ष कमजोर पार्नु हो । धर्मको आडमा राजनीति गर्नु, राज्यसत्तामा जान खोज्नु ठिक होइन । राजनीतिलाई धर्मबाट पृथक राखिनुपर्छ । सबै धर्मावलम्बीहरुका लागि आप्mनो धर्म, आफ्नो संस्कृति, आ–आफ्ना भाषा जीबनको अमुल्य सम्पत्ति हुन्छ र सबैका लागि यी विषयहरु आँखा झै प्यारा र सम्बेदनशील बिषय हुन्छन । त्यसैले कुनै धर्म, संस्कृति, भाषा कुनै जाति संप्रदायको मात्र गौरब नभएर त्यो समग्र राष्ट्रको नै हुन्छ ।
परम्परागत धार्मिक अन्धविश्वसको जरो उखेलिकेपछिको विश्व वैज्ञानिक युगमा प्रबेश गरेको पनि दशकांै भइ सकेको अबस्थामा देशको राजनैतिक, सामाजिक तथा अर्थिक आधारभुत संरचना बनाउने तर्फ उन्मुख भएको अबस्था भनौ अथवा नव नेपाल बन्दै गरेको अबस्थामा फेरि पनि धर्मको विषय उठाई नेपाली जनतालाई विखण्डित गर्न चाहने तत्वलाई नेपाली जनताले चिनिसकेका छन । जनता लाई राजनीतिक रुपमा आफ्नो पकडमा पार्न धर्मलाई एयष्तिष्अब िmयदष्ष्शिष्लन ष्मभययिनथ बनाई आफ्नो स्वार्थ सिद्घ गर्ने लाई जनताले पक्कै तिरस्कार गर्ने छन ।
धर्म निरपेक्षता हामी नेपालीहरुको लागि चासो विषय भएको कारणले पनि यसको व्याख्या हुनु जरुरी हुन्छ । तर फेरी पनि सबाल नेपालको माटो सुहाउदो शब्दकै हो त ? अथवा धर्म ? कुरा प्रष्ट छ । राज्यले संसारमा भएको कुनै पनि धर्ममा टेकेर राज्य संचालन गर्दैन, बरु सबै धर्महरुलाई सम्मान गर्न सक्छ । तर धर्मको नाममा राज्यको शान्ति अमन चयन खलबलाउनेहरुलाई दण्डित गर्न सक्छ । आम नेपालीहरुको आ–आफ्ना धर्म छन, तर यहा¤ धार्मिक अतिबादीहरु जन्माउने काम कही बाट भैरहेको छ । यसबाट के हुने हो भनी हतास भइरहेको अबवस्थामा संसारमा रहेका लोकतान्त्रिक अभ्यास अन्तरगत सबै धर्मलाई सम्मान गर्ने एउटै शब्दमा खोज्दा Secularism (सेकुलारिज्म) रहेको हो । र यो शब्दलाई व्याख्या गर्दा राज्यले कुनै एउटा मात्र धर्मलाई मान्यता, संरक्षण र सम्बद्र्घन नगरी सबै धर्मालम्बी र धर्मलाई समान संरक्षण गर्ने धर्मको आधारमा राजनीति नगर्ने अबस्थालाई बुझाउँछ । यस्तो स्थितिमा सबै धर्मलाई समान व्यवहार गरिन्छ र धर्मको आधारमा भेदभाव गरिदैन । यो व्याख्या आम नेपालीलाई मान्य भैसकेको अबस्थामा फेरी पनि भाँडभैलो मच्चाउन खोज्ने तत्वहरु भरसक संविधान बन्नै नदिने, बनिहाले पनि यस्को घोषणा हुन नदिने घोषाण भैहाल्यो भने पनि कार्यान्वयन हुन नदिने चालमा लागेको प्रष्ट हुन्छ । बिगत संबिधान सभाले चार बर्ष लगाई नेपालको बृहत शब्दकोश बाट Secularism को शाब्दिक अर्थ (सबैभन्दा नजिकबाट) धर्म निरपेक्षता संग मिल्ने भएकोले यो निरपेक्ष भन्ने शब्द संविधानमा राखेको हो । अब नेपाली शब्दकोशबाट नै सो शब्द हटाउनुको कुनै अर्थ छैन ।
लोकतन्त्रको मुल्य मान्यता पनि यही नै हो, राज्यले जनतालाई समान व्यवहार गर्नुपर्छ, भेदभाव गरिनु हुन्न । अझै सरल भाषामा बुझ्ने हो भने धर्म निरपेक्ष राज्यले मेरो धर्म यो वा त्यो नभन्ने मात्र हो जहाँ सबैले आ-आफ्नो धर्म मान्ने अथवा नमान्ने अधिकारलाई समान रुपले उपभोग गरिराखेका नै हुन्छन् । बरु एक धर्मले अर्को धर्मलाई थिचोमिचो गर्ने, लोभ प्रलोभन, डरधम्की दिएर जबरजस्ती धर्म परिवर्तन गराए दण्डनीय हुने कानुनी व्यवस्था गरिनु पर्छ ।
अब नेपाली जनता कुनैे पनि मूल्यमान्यतामा अलमलिने पक्षमा छैनन् । आम नेपाली जनताको भावना समेट्नसक्ने एवं उनिहरुको पहिचानलाई सम्बोधन गर्नसक्ने पूर्ण रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनेको अवस्थामा त्यसको कार्यान्वयन गर्नु नै पहिलो लक्ष्य बन्नु पर्छ ।
– आमोद श्रेष्ठ अखिल नेपाल ट्रेड युनियन महासंघको सचिवालय सदस्य हुनुहुन्छ ।