नेपाली समय:
Flash News

राष्ट्रपति निर्वाचनमा उठ्न नदिन षडयन्त्रपूर्वक लुलालाई १२ बर्षको जेल सजाय

“जति दिन यो सरकारले मलाई जेल राख्ने छ, त्यतिकै संख्यामा यो देशमा लुला जन्मिने छ” -लुला

-आमोद श्रेष्ठ अन्टुफ
ब्राजिलकोे सर्बोच्च न्यायलयले पूर्व राष्ट्रपति लुईज इनासियो डा सिलभा ‘लुला ’ लाई भ्रष्टाचारको आरोपमा १२ बर्षको जेल सजाय दिएको निर्णय खेदपूर्ण रहेको व्यहोरा वकर्स पार्टीले (पीटी), तथा पीएसओएलले आफ्नो आधिकारिक कार्यलयको विज्ञप्तीमा जनाएको छ । संसारभरिका समाजबादी लिडरहरुले लुईज इनासियो सिलभा उपरको भ्रष्टाचारको आरोप निराधार रहेको र अदालतको निर्णयलाई सच्याउन अपिल गरेका छन । लुलाले आफ्नो अधिकार र आरोपको प्रतिरक्षा गर्न नपाउनु अदालतले लोकतन्त्रको अनादर गरेको पार्टीले जनाएको छ ।
वकर्स पार्टी, साओ पाउलो प्रान्तका नेता, लुइस मारानहाओले हाम्रा नेता लुलाले कुनै किसिमको प्राथमिकता अदालतसंग मागेका होइनन् उनले केवल संविधानले दिएको अधिकारमात्र मागेको बताएका छन ।
लुला २०११ सम्म विश्वकै वंहुचर्चीत ब्राजिलियन नेता हुन । उनको जन्म ब्रजिलको कटिज नगरमा सन १९४५ अक्टोबर २७ मा भएको थियो । सन् २००९ मा अमेरिकाका राष्ट्रपति बारक ओबामाले लुला यस धर्तीका प्रख्यात नेता हुन् भनी सम्बोधन गरेका थिए र उनीलाइ संयुक्त राष्ट्र संघका भावी माहासचिवको रुपमा पनि लिने गरिएको थियो । उनी सन १९७० मा सावापावोलो नगरमा स्टील वर्कस युनियनका लिडर भएका थिए । त्यसैबेला उनी राष्ट्रभर परिचित भएका थिए । उनले सन् १९६४ देखि १९८५ सम्म तत्कालीन ब्राजिलियन मिलिट्री तानाशाहको बिरुद्धमा लडेका थिए । त्यस्तै गरी १९७९ मा बन्द हडतालका लिडर भएर लडे । लिडर भएकै कारणले उनलाई ब्राजिल सरकारले १ महिनासम्म जेलमा राखेका थिए । उनले १९८९ मा वर्कस पार्टी (पिटी) स्थापना गरेका थिए । सन् १९८९, १९९४ र १९९८ गरी ३ पटकसम्म राष्ट्रपतिको निर्वाचनमा उनले हार भोग्नु परेको थियो । लुलाले सन् २००२ मा भएको राष्ट्रपति निर्वाचनमा ६१.२ % मत प्राप्त गरी बिजय भएका थिए । उनको कार्यकालमा देशमा ब्याप्त सरकारी भष्ट्राचार निर्मुल गर्नुको साथै ब्राजिलको आर्थिक तथा सामाजिक रुपान्तरण गरी गरिबीको सुचकाङ्कमा उल्लेखनीय सुधार गर्न सफल भएको थियो । वर्कस् पार्टीमा रहेका उच्च ओहोदाका नेताहरु भ्रष्ट्राचारमा मुछिएपछि सन् २००६ को राष्ट्रपति चुनावको पहिलो चरणमा उनले जन समर्थन गुमाउनु परेको कारणले झिनो मतले मात्र जिते तथापी दोश्रो चरणको निर्वाचनमा ब्राजिल सोसियल डेमोक्रयाटिक पार्टीका गेराल्डो अल्कमिनलाई सजिलै पराजितगरी दोश्रो पटक ब्राजिलको राष्ट्रपति पदमा पुनः निर्वाचिन भए । सन् २०१८ अक्टुवरमा राष्ट्रपति चयन चुनाव हुदै छ ।

उक्त चुनावमा लुलालाई उम्मेदवारी दिनबाट रोक्न ब्रजिल सरकारले चालेको एक चाल हुनसक्ने पार्टीको ठहर छ । लुला ब्राजिलको क्लियर स्टेट कानुुुुन अनुसार उमेदबारीको लागि अयोग्य हुने सम्भावना रहेकै बेला लुलाका समर्थकहरु देशभरीबाट ब्रासिलियामा आएका छन । आउदो अक्टोबरमा हुने प्रेसिडेन्सियल निर्वाचनमा हरेक निर्वाचन क्षेत्रमा उनको भारी समर्थन हुने संकेत देखिएको छ । लुलाले भनेका छन् “जति दिन यो सरकारले मलाई जेल राख्ने छ, त्यतिकै संख्यामा यो देशमा लुला जन्मिने छ” ।