नेपाली समय:
Flash News

नेपाली दूतावास बहराइन मार्फत श्रम मन्त्रालयलाई तीन बुँदे ज्ञापन पत्र पठाए

१६ अप्रिल, बहराइन/ नारायण रपाल बिस्वकर्मा बहराइन मा स्थापित ठुला तिन राष्ट्रिय पार्टी का प्रवास संगठन हरुले नेपाली दूतावास मार्फत नेपाल सरकार अन्तरगत श्रम मन्त्रालय लाई तीन बुदे ज्ञापन पत्र पठाएका छन ।

गएको मिति १२ अप्रिल २०१८ का दिन तिन ठुला राष्ट्रिय दलहरू नेकपा एमाले, नेपाली कांग्रेस , तथा माओवादी केन्द्र का बहराईनमा स्थापित बैचारिक संगठन हरु को संयुक्त पहलमा वैदेशिक रोजगारमा रहेको घरेलु कामदारहरु को समस्या लगायत अन्य विविध बिषयमा तीन बुँदे ज्ञापन पत्र बहराइन स्थित नेपाली राजदुतावास मार्फत श्रममन्त्री गोकर्ण बिष्ट लाई पठाएका छन । लामो समय बाट वैदेशिक रोजगारमा घरेलु कामदार भिषामा रहि कार्यरत नेपालीहरु घर बिदाबाट पुन रोजगारमा फर्कन नेपाल सरकारले रोक लगाएकोले आफ्नो रोजगारदाता राम्रो भरसिलो र सुरक्षीत रोजगार आकर्षक सेवा सुबिधा हुदा हुँदै पनि नेपालबाट फर्कन असम्भव रहेको छ भने कती पय पुन आउन नसकिने भएकोले आफ्नो घरमा जटिल समस्याहरु हुदा पनि घर बिदा जान नसकी रहेको अवस्था छ ।

यस समस्याले सबै भन्दा बढि घरेलुकाम मा रहेका महिला कामदार लाई असर परेको देखिन्छ । यस्तो जटिल समस्याले पीडितहरुमा सामाजिक मानसिक समस्या पैदा गरेका छ्न । यस्ता समस्याहरुको अविलम्ब समाधान गरियोस भनी जानकारी गराउदै ज्ञापन पत्र बुझाएको नेतृत्व गरेर गएका प्रवासी नेपाली मन्च का अध्यक्ष सालिकराम पन्तले जानकारी दिएका छन ।

दूतावास जाने टोलि मा प्रवासी नेपाली मन्च का अध्यक्ष सालिकराम पन्त, कोषाध्यक्ष हरि श्रेष्ठ , नेपाली जनसम्पर्क समिती का सभापति पदम सुन्दर गुरुङ तथा कोषाध्यक्ष बिष्णु भुजेल सदस्य हरु प्रकाश पाठक र नेपाली जनप्रगतीशिल मन्च का अध्यक्ष नारायण रपाल बिस्वकर्मा तथा युबराज केसि को उपस्थित रहेको थियो भने भेटघाट मा दूतावास को तर्फ बाट महामहिम राजदुत पदम सुन्दास, उपनियोग प्रमुख खगराज पाण्डे तथा कुटनैतिक सहचारी अमृत लोप्चन को उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र जस्ताको तस्तै