नेपाली समय:
Flash News

क्रान्तिकारी सर्वहाराको मे दिवस कार्यवाही –लेनिन

लेनाका घटनाहरू तथा तृतीय जुनको बलात सत्ता परिवर्तनपछि क्रान्तिकारी मजदूर वर्गीय आन्दोलनमा आएको प्रथम, निर्णायक जागरणपछि एक वर्ष बितिसकेको छ । जारका यमदूत सभा, भू–स्वामीहरू, अधिकारीहरूको भीड तथा बुर्जुवा वर्गले रोमानोव वंशद्वारा रुसका लुटपाट, तातारहरूजस्ता घुसपैठहरू तथा अपमानका ३००औं जयन्ती मनाएको छ । चौथो दूमा बोलाइसकिएको छ तथा त्यसले आफ्नो “कार्य” आरम्भ गरिदिएको छ, यद्यपि त्यो कार्यमा त्यसको कुनै आस्था छैन र त्यसले आफ्नो पहिलेको प्रतिक्रान्तिकारी जोश धेरै गुमाइसकेको छ । हडबडी तथा हतारले उदारवादी समाजलाई घेरेको छ, जसले सुधारहरूको उदासीनतापूर्वक अपिल त गर्दछ तर सुधारको नजिकको समेत कुनै चीजको अव्यवहारिकतालाई स्वीकार गर्दछ ।
र, अब रुसको मजदूर वर्गको मे दिवस कार्यवाही अगाडि आएको छ । मजदूर वर्गले पहिले रीगामा अभ्यास ग¥यो र त्यसपछि १ मे (पुरानो पंचांग) मा सेन्ट पीटर्सवर्गमा दृढ कार्वाही ग¥यो । यो कार्यवाहीले धमिलो र नीरस वातावरणमा बिजुलीको गर्जनजस्तै काम ग¥यो । सयौं पुराना क्रान्तिकारीहरूको सामु, जसले जल्लादहरूद्वारा दिइएको यातना तथा मित्रहरूको गद्दारीले न त परास्त गरेका छन् र न हतोत्साहित, तथा जनवादीहरू र समाजवादीहरूको नयाँ पुस्ताका लाखौं मानिसहरूको सामु आसन्न क्रान्तिका कार्यभार आफ्नो पूर्ण भव्यतापूर्वक फेरि अगाडि आएका छन् र त्यसको नेतृत्व गर्ने अग्रणी वर्गका शक्तिहरू पूर्ण जागरणका साथ प्रकट भएका छन् ।
मे दिवसभन्दा हप्तौं पहिले सरकारले आफ्नो बुद्धि गुमाइसकेको प्रतीत हुन्थ्यो तथा जो सज्जनहरू कारखानाका मालिक छन्, उनीहरू यसप्रकारको आचरणको परिचय दिइरहेका थिए, मानौं उनीहरूमा कहिल्यै कुनै बुद्धि नै थिएन । यस्तो प्रतीत हुन्थ्यो कि गिरफ्तारी तथा खोजीले राजधानीमा मजदूरहरूका सम्पूर्ण जिल्लाहरूलाई उलटपलट गरिदिएका थिए । प्रान्त पनि केन्द्रभन्दा पछाडि रहेनन् । संकटग्रस्त कारखाना मालिकहरूले सम्मेलन बोलाए, परस्परविरोधी नारा अपनाए, कहिले उनीहरू मजदूरहरूलाई सजाय दिने तथा तालाबन्दी गर्ने धम्की दिन्थे भने, कहिले पेश्कीमा छुटहरू दिन्थे तथा काम रोक्न सहमत हुन्थे, कहिले सरकारलाई अत्याचार गर्नको लागि भड्काउँदथे भने, कहिले सरकारलाई उक्साउँदथे तथा त्यसलाई मे दिवसमा सरकारी छुट्टीको फेहरिस्तमा सामेल गर्नको लागि भन्दथे ।
यद्यपि राजनीतिक पुलिस दस्ताहरूले अधिकतम् उत्साह देखाए, यद्यपि उनीहरूले औद्योगिक उपनगरहरूको “शोधन” गरे, यद्यपि उनीहरूले “संदिग्धहरू” का आफ्ना नवीनतम् “सूचीहरू” अनुसार अन्धा–धुन्ध गिरफ्तार गरे, तर यो सबै निरर्थक भयो । मजदूरहरू जारका गिरोह र पूँजीपति वर्गको पुंसत्वहीन आक्रोशमाथि हाँसिरहे तथा उनीहरूले गभर्नरका धम्कीपूर्ण र दयनीय “घोषणाहरू” को खिल्ली उडाए । उनीहरूले व्यंग्यात्मक कविताहरू लेख्दथे र तिनीहरूलाई हातहातै एक–अर्कोकहाँ पु¥याउँदथे वा मौखिक ढंगले प्रसारित गर्दथे । उनीहरूले मानौं जादूको छडी घुमाएर साना, नराम्रोसँग छापिएका “पर्चाहरू” का नयाँ–नयाँ प्रतिहरू तयार गर्दथे, जुन संक्षिप्त र सादा, तर अत्यन्तै शिक्षाप्रद हुन्थे तथा हड्तालहरू र जुलुसहरूको आव्हान गर्दथे, मानिसहरूलाई ती सामाजिक–जनवादीहरूका पुराना, काट–छाट नगरिएका क्रान्तिकारी नाराहरूको स्मरण गराउँदथे, जसले १९०५ मा स्वेच्छाचारिता तथा राजतन्त्रको विरुद्ध जनसाधारणको पहिलो प्रहारको नेतृत्व गरेका थिए ।
मे दिवसमा एक लाख व्यक्ति हड्तालमा – सरकारी अखबारहरूले भोलिपल्ट भने । बुर्जुवा अखबारहरूले टेलिफोनबाट प्राप्त प्रथम सूचनाको उपयोग गर्दै हड्तालकर्ताहरूको संख्या सवा लाख बताए (‘कीयेव्स्काया मीस्ल’) । जर्मन सामाजिक–जनवादीहरूको मुखपत्रका एक संवाददाताले सेन्ट पीटर्सवर्गबाट समाचार पठाउँदै बताए कि यो संख्या डेढ लाख थियो । भोलिपल्ट सम्पूर्ण बुर्जुवा अखवारहरूले दुई लाख – दुई लाख बीस हजारको संख्या प्रकाशित गरे । वास्तवमा हड्तालकर्ताहरूको संख्या अढाई लाखसम्म पुगेको थियो !
तर मे दिवसका हड्तालकर्ताहरूको संख्याको अतिरिक्त कैयौं बढी प्रभावशाली – र कैयौं बढी महत्वपूर्ण थिए मजदूरहरूद्वारा सडकमा गरिएका क्रान्तिकारी प्रदर्शन । राजधानीमा र त्यसको वरिपरि क्रान्तिकारी गीत गाइरहेका, उच्च स्वरमा क्रान्तिको आव्हान गरिरहेका तथा हातमा राता झण्डा समातेका मजदूरहरूको भीडले सरकारद्वारा व्यग्रतापूर्वक जम्मा गरिएका पुलिस र सुरक्षा दलहरूसँग कैयौं घण्टासम्म मोर्चा लिए । र, ती मजदूरहरूले जारका सबभन्दा कट्टर अनुचरहरूलाई समेत यो अनुभव गराइदिए कि संघर्ष गम्भीरतापूर्ण छ, पुलिसको साक्षात्कार कुनै तूच्छ स्लावोफिल काण्डका मुट्ठिभर मानिसहरूसँग भएको छैन, वास्तवमा राजधानीको मजदूर वर्गको व्यापक जनसमुदाय उठेको छ ।
यो सर्वहाराका क्रान्तिकारी आकांक्षाहरूको, नयाँ पुस्ताहरूको माध्यमले इस्पाती र अनुभवी बनेका त्यसका क्रान्तिकारी शक्तिहरूको, जनता तथा रुसको जनगणको नाममा क्रान्तिकारी अपिलहरूको खुल्ला, वास्तवमा भव्य प्रदर्शन थियो । पछिल्लो वर्षमा सरकार तथा म्यानुफ्याक्चररलाई यो तथ्यबाट राहत मिलेको थियो कि लेनाका घटनाहरूको पूर्वानुमान पहिलेदेखि गर्न सकिंदैनथ्यो, उनीहरूले त्यसका परिणामहरूको मुकाबिला गर्नको लागि तत्काल तयारीहरू गर्न सक्दैनथे ; तर यस पटक राजतन्त्रले प्रखर दूरदर्शिताको परिचय दिएको थियो, तयारीको लागि पर्याप्त समय प्राप्त भएको थियो तथा उठाइएका “कदम” सबभन्दा बढी “जोडदार” थिए, परिणाम यो भयो कि जारशाही राजतन्त्रले सर्वहारा जनसाधारणका राजनीतिक जागृतिको सामना गर्नमा आफ्नो पूरा नपुंसकता प्रदर्शित ग¥यो ।
“हड्तालहरूको सनक” को विरुद्ध, “संघाधिपत्यवादी” हड्तालहरूको विरुद्ध, आर्थिक हड्तालहरूलाई राजनीतिक हड्तालहरू तथा राजनीतिक हड्तालहरूलाई आर्थिक हड्तालहरूसँग मिलाउने कुराको विरुद्ध उदारवादीहरू तथा उनीहरूका “हो मा हो” मिलाउनेहरूका दयनीय चिच्याहटको बावजूद वास्तवमा लेना घटनाहरूपछि हड्ताल संघर्षको एक वर्षले देखाएको छ कि जनसाधारणको बीचमा आन्दोलनको लागि, उनीहरूलाई जागृत गर्नको लागि, उनीहरूलाई संघर्षतिर आकर्षित गर्नको लागि सामाजिक–जनवादी सर्वहारा वर्गले आफ्नो लागि क्रान्तिकारी युगमा कति ठूलो तथा अद्वितीय हतियार तयार गरेको थियो । ठूलो परिमाणमा क्रान्तिकारी हड्तालले शत्रुलाई न आरामले बस्न दियो र न चैनले सास फेर्न दियो । त्यसले शत्रुको खजानामाथि पनि आघात पु¥यायो र सम्पूर्ण दुनियाँका आँखाको सामु त्यसले तथाकथित “शक्तिशाली” जारशाही सरकारको राजनीतिक प्रतिष्ठालाई धूलोमा मिलाइदियो । त्यसले मजदूरहरूका अधिकाधिक भागहरूलाई कम्तीमा पनि त्यसको एउटा सानो भाग पुनः हासिल गर्नमा सक्षम बनायो, जुन १९०५ मा प्राप्त भएको थियो, र त्यसले श्रमजीवी जनताका नयाँ भागहरूलाई, यहाँसम्म कि सबभन्दा पिछडिएका भागहरूलाई समेत संघर्षमा आकर्षित ग¥यो । हड्तालले मजदूरहरूलाई थकाउँदैनथ्यो, त्यो त थोरै समयको लागि प्रदर्शनात्मक कार्यवाही हुन्थ्यो तथा साथसाथै सडकहरूमा प्रदर्शनहरूको रूपमा जनसाधारणको पहिलेभन्दा पनि बढी प्रभावशाली र बढी क्रान्तिकारी खुल्ला कारवाहीको लागि मार्ग प्रशस्त गर्दथ्यो ।
विगत वर्षमा रुसको तुलनामा दुनियाँका अन्य कुनै पनि देशमा यति धेरै मानिसहरूले हड्ताल गरेनन् र न हड्तालहरूमा यति धैर्य, यति विविधता, यति उत्साहको परिचय दिए । एक्लो यही परिस्थितिले ती उदारवादी तथा विसर्जनवादी साधुहरूको छुद्रता तथा घृणित मूर्खतालाई पूर्णतया प्रदर्शित गरिदियो, जसले “यूरोपेली” संवैधानिक अवधिहरूको, ती अवधिहरूको, जसमा मुख्यतया समाजवादी शिक्षा तथा ज्ञान प्रसारणलार्य जनसाधारणसम्म पु¥याउँने तयारीको कार्य भएको थियो, परिमाण प्रयोग गर्दै रुसी मजदूरहरूको कार्यनीतिलाई “समायोजित” गर्ने प्रयत्न गरेको थियो ।

यूरोपेली देशहरू, सबभन्दा उन्नत देशहरूको तुलनामा रुसी हड्तालहरूको अपार श्रेष्ठताले रुसी मजदूरहरूका विशेष गुण वा विशेष योग्यताहरू होइन, बरु विद्यमान रुसमा विशेष अवस्थाहरू, क्रान्तिकारी स्थितिको अस्तित्व तथा प्रत्यक्ष रूपले क्रान्तिकारी संकटको संवृद्धि प्रदर्शित गर्दछ । जब क्रान्तिको यस्तै संवृद्धिको संकट यूरोपमा आउनेछ (त्यहाँ त्यो हाम्रो देशको जस्तै पूँजीवादी–जनवादी क्रान्ति होइन, बरु समाजवादी क्रान्ति हुनेछ), सबभन्दा बढी विकसित देशहरूका सर्वहाराले ज्यादारी दासताका रक्षकहरूको विरुद्ध कैयौं बढी जोडदार हड्तालहरू, प्रदर्शन तथा सशस्त्र संघर्ष आरम्भ गर्नेछन् ।
रुसमा गत १८ महिनाको अवधिमा हड्तालहरूको श्रृंखलाजस्तै यस वर्षको मे दिवसको हड्ताल पनि क्रान्तिकारी स्वरूपको थियो, जुन आम आर्थिक हड्तालहरूभन्दा मात्र होइन, बरु प्रर्दशनात्मक हड्तालहरू तथा, उदाहरणको लागि, विगत बेल्जियन हड्तालजस्तै संवैधानिक सुधारहरूको माग गर्ने राजनीतिक हड्तालहरूभन्दा पनि भिन्न थियो । जो मानिसहरू उदारवादी विश्वदृष्टिकोणका बन्धनहरूले जकडिएका छन् र स्थितिलाई क्रान्तिकारी दृष्टिकोणले हेर्न समर्थ रहेका छैनन्, उनीहरूले शायद रुसी हड्तालहरूको यो भिन्न स्वरूपलाई बुझ्न सक्दैनन्, जसको कारण पूर्णतया रुसमा क्रान्तिकारी स्थिति हो । प्रतिक्रान्ति तथा गद्दारीपूर्ण भावनाको उन्मुक्तताको युगले आफ्नो पछाडि यसप्रकारका अनेक मानिसहरूलाई तिनीहरूको बीचमा समेत छोडेर गएको छ, जो सामाजिक–जनवादी भनिन रुचाउँदछन् ।
रुस क्रान्तिकारी स्थितिको बीचबाट गुज्रिरहेको छ, किनभने आबादीको विशाल बहुसंख्याको उत्पीडन–सर्वहाराको मात्र होइन, बरु साना उत्पादकहरूमध्ये दसमा नौको, विशेषगरी किसानहरूको उत्पीडन – गहनतम् भएको छ र यो गहन उत्पीडन, भोकमरी, गरीबी, अधिकारहीनता, जनताको अपमानको रुसका उत्पादक शक्तिहरूको स्थितिसँग स्पष्टतः मेल छैन, १९०५ को वर्षद्वारा जगाइएका जनसाधारणका चेतना तथा मागहरूको स्तरसँग मेल छैन, सम्पूर्ण छिमेकी – यूरोपेली मात्र होइन, बरु एशियाली पनि – देशहरूमा व्याप्त स्थितिसँग मेल छैन ।
तर कुरा केवल यति मात्र छैन । एक्लो उत्पीडनबाट मात्र, त्यो चाहे जतिसुकै बढी किन नहोस्, कुनै देशमा सदा क्रान्तिकारी स्थिति पैदा हुँदैन । अधिकांश मामिलाहरूमा क्रान्तिको लागि केवल यति मात्र पर्याप्त हुँदैन कि निम्न वर्ग पुरानो ढंगले जीवन यापन गर्नको लागि इच्छुक हुँदैनन् । यो पनि आवश्यक छ कि उच्च वर्ग पुरानो ढंगले शासन र अधिकार गर्नमा असमर्थ हुन्छन् । हामी आज रुसमा यही देख्दछौं । ठीक हाम्रा आँखाको सामु राजनीतिक संकट परिपक्व हुँदै गइरहेको छ । बुर्जुवा वर्गले प्रतिक्रान्तिको समर्थन गर्न तथा यो प्रतिक्रान्तिकारी आधारमा “शान्तिपूर्ण विकास” सुनिश्चित गर्नको लागि यथाशक्ति काम गरेको छ । बुर्जुवा वर्गले जल्लादहरू र सामन्ती प्रभुहरूलाई उनीहरूको इच्छानुसार धन दिएको छ, बुर्जुवा वर्गले क्रान्तिलाई गाली गरेको छ, त्यसको परित्याग गरेको छ, बुर्जुवा वर्गले पुरिश्केविचका जुत्ताको तलुवा चाटेको छ र मार्कोव द्वितीयको कोर्रालाई चुम्बन गरेको छ तथा त्यो उनीहरूको चाकर बनेको छ, बुर्जुवा वर्गले “यूरोपेली” तर्कहरूमाथि आधारित सिद्धान्त तयार गरेको छ, जसले १९०५ को क्रान्तिलाई “बुद्धिजीवीहरूको” क्रान्ति भनेर त्यसलाई गाली गर्दछन् तथा त्यसलाई पापपूर्ण, अपराधपूर्ण, राज्यविरोधी, आदि–इत्यादि भन्दछन् ।
आफ्नो थैली, आफ्नो इज्जत र आफ्नो अन्तःकरणको बलि दिनुको बावजूद बुर्जुवा वर्ग – क्याडेटहरूदेखि अक्टुबरवादीहरूसम्म – स्वयं स्वीकार गर्दछ कि स्वेच्छाचारी शासन तथा जमिन्दार “शान्तिपूर्ण विकास” सुनिश्चित गर्नमा असफल रहे, “कानून” र “व्यवस्था” का ती आधारभूत अवस्थाहरू उपलब्ध गर्नमा असमर्थ रहे, जसबिना कुनै पूँजीवादी देश बीसौं शताब्दी जर्मनी तथा नयाँ चीनको सँगसँगै रहन सक्दैन ।
रुसमा राष्ट्रव्यापी राजनीतिक संकट देखिदै छ, यस्तो संकट देखिदै छ, जसले राज्य प्रणालीका अंशहरूलाई मात्र होइन, बरु त्यसको आधारशीलालाई नै प्रभावित गरिरहेको छ, जसले उपभवनलाई होइन, त्यसको कुनै तलालाई मात्र होइन, बरु भवनको आधारशीलालाई प्रभावित गर्दछ । हाम्रा उदारवादी तथा विसर्जनवादीले यो आशयको कि “इश्वरलाई धन्यवाद छ, हामीसँग संविधान छ”, राजनीतिक सुधार नित्यक्रम बनिसकेका छन् (केवल धेरै अल्पबुद्धि भएका मानिसहरूले मात्र यी दुई प्रस्थापनाहरूको बीचमा सम्बन्ध देख्न सक्दैनन्), चाहे जतिसुकै बकवासपूर्ण वाक्य प्रस्तुत गरून्, चाहे जतिसुकै यो सुधारवादी बकवास गरून्, यो तथ्य आफ्नो स्थानमा कायम रहन्छ कि एउटै पनि विसर्जनवादी वा उदारवादीले स्थितिबाट बाहिर निस्किने कुनै सुधारवादी मार्ग बताउन सक्दैन ।


रुसमा आबादीको व्यापक भागको अवस्था, नयाँ कृषि नीति (जसको पल्ला सामन्ती जमिन्दारहरूले सहाराको अन्तिम साधनको रूपमा पक्रिनुपरेको थियो) को कारण उनीहरूको स्थितिको विषमता, अन्तर्राष्ट्रिय स्थिति तथा आम राजनीतिक संकटको स्वरूप, जसले हाम्रो देशमा मूर्त रूप धारण गरेको छ – यो हो ती वस्तुगत परिस्थितिहरूको कुल योग, जसले वर्तमान मार्गमा हिंड्दा र (सरकार तथा शोषक वर्गहरूलाई) उपलब्ध साधनहरूको माध्यमले बुर्जुवा क्रान्तिको कार्यभार सम्पन्न गर्ने असंभाव्यताको कारण रुसको स्थितिलाई क्रान्तिकारी बनाइदिन्छ ।
यस्तो छ रुसमा त्यो सामाजिक, आर्थिक तथा राजनीतिक स्थिति, यस्तो छ त्यो वर्गसन्तुलन, जसले एउटा विशिष्ट प्रकारका हड्तालहरूलाई, जुन यूरोपमा असंभव छन्, जन्म दिएको छ, जसमा सबै प्रकारका गद्दारहरूले विगत कालका बुर्जुवा क्रान्तिहरू (जसको माध्यमले आउने समयको सर्वहारा क्रान्तिका किरणहरू चम्किन्छन्) को मात्र होइन, बरु आजको “संवैधानिक” स्थितिको उदाहरण ग्रहण गर्न चाहन्छन् । न त निम्न वर्गहरूको उत्पीडन र न उच्च वर्गहरूको बीचको संकटकै कारणले मात्र क्रान्ति हुन सक्दछ ; तिनीहरूको कारणले त केवल कुनै देशको ह्रास मात्र हुन सक्दछ, यदि त्यो देशसँग उत्पीडनको निस्क्रिय स्थितिलाई विप्लव तथा विद्रोहको सक्रिय स्थितिमा रूपान्तरण गर्न सक्षम क्रान्तिकारी वर्ग हुँदैन भने ।
सही अर्थमा उन्नत वर्गको, जनसाधारणलाई वास्तवमा जगाउनमा, रुसलाई वास्तवमा ह्रासबाट बचाउनमा समर्थ वर्गको भूमिका औद्योगिक सर्वहारा वर्गद्वारा निर्वाह गरिन्छ । यो कार्यभार त्यसले आफ्ना क्रान्तिकारी हड्तालहरूको माध्यमबाट पूरा गर्दछ । यी हड्तालहरू, जसलाई उदारवादीहरू घृणा गर्दछन् तथा जसलाई विसर्जनवादीहरूले बुझ्न सक्दैनन्, (जस्तो कि रुसी सामाजिक–जनवादी मजदूर पार्टीको फेब्रुअरी प्रस्तावमा बताइएको छ) कृषक सर्वहारा वर्ग तथा किसानहरूको उदासीनता, निरासा तथा फुटलाई हटाउने…..र तिनीहरूलाई सबभन्दा बढी एकीकृत, सँगसँगै हुने, व्यापक क्रान्तिकारी कार्यवाहीहरूतिर आकर्षित गर्ने सबभन्दा प्रभावशाली साधनहरूमध्ये एक हुन् ।
मजदूर वर्गले श्रमजीवी तथा शोषित जनसाधारणलाई, जो आधारभूत अधिकारहरूबाट वंचित हुन्छन् तथा निराशातिर धकेलिन्छन्, क्रान्तिकारी कार्यवाहीतिर आकर्षित गर्दछ । मजदूर वर्गले उनीहरूलाई क्रान्तिकारी संघर्ष गर्न सिकाउँदछ, उनीहरूलाई क्रान्तिकारी कार्यवाहीको लागि प्रशिक्षित गर्दछ तथा उनीहरूलाई बुझाउँदछ कि मार्गको खोजी कहाँ गर्नुपर्दछ र सहायता कसरी प्राप्त गर्नुपर्दछ । मजदूर वर्गले उनीहरूलाई कोरा शब्दहरूबाट मात्र होइन, बरु व्यवहारबाट पनि, उदाहरणबाट पनि शिक्षित बनाउँदछ, र यो एक–दुई वीरहरूका साहसिक पराक्रमहरूको माध्यमले होइन, बरु राजनीतिक र आर्थिक मागहरूलाई एकीकृत गर्ने जनक्रान्तिकारी कार्यवाहीको माध्यमले उपलब्ध गर्न सकिन्छ ।
प्रत्येक इमान्दार मजदूरको लागि, जसले समाजवाद तथा जनवादको सिद्धान्तका मूल तत्वहरूलाई समेत बुझ्दछ, यी विचार कति सरल, कति स्पष्ट तथा उसको कति नजिक छन् ! तथा ती बुद्धिजीवीहरूको बीचमा समाजवादप्रति ती गद्दारहरू तथा जनवादप्रति ती विश्वासघातीहरूको लागि कति पराया छन्, जसले विसर्जनवादी अखबारहरूमा सीधासादा मानिसहरूलाई यो आश्वासन दिदै कि उनीहरू पनि “सामाजिक–जनवादी” हुन्, “भूमिगत कार्य” को निन्दा गर्दछन् वा तिनीहरूको खिल्ली उडाउँदछन् ।
सेन्ट पीटर्सवर्गका सर्वहाराहरूको मे दिवस कार्यवाहीले, जसलाई सम्पूर्ण रुसका सर्वहाराहरूका मे दिवस कारवाहीहरूको समर्थन प्राप्त भएको थियो, ती मानिसहरूलाई, जससँग हेर्नको लागि आँखा तथा सुन्नको लागि कान छन्, वर्तमान रुसमा क्रान्तिकारी भूमिगत कार्यको महान ऐतिहासिक महत्व पुनः प्रदर्शित गरिदिएको छ । सेन्ट पीटर्सवर्गमा एक मात्र रुसी सामाजिक–जनवादी मजदूर पार्टी संगठन, सेन्ट पीटर्सवर्ग समितिले मे दिवस कारवाहीभन्दा पहिले, जस्तो कि ९ जनवरीभन्दा ठीक पहिले, रोमानोव–वंशको त्रिशताब्दीभन्दा ठीक पहिले र ४ अप्रिलमा बुर्जुवा अखबारलाई समेत यो परिलक्षित गर्नको लागि बाध्य बनायो कि सेन्ट पीटर्सवर्ग समितिको पर्चाहरू फेरि कारखानाहरूमा बारम्बार प्रकट भएका छन् ।
यी पर्चाहरूको लागि ठूलो बलिदान दिनुपर्दछ । कहिलेकाहीँ यिनीहरू हेर्दा सर्वथा आकर्षणहीन लाग्दछन् । यिनीहरूमध्ये केहीमा, उदाहरणको लागि ४ अप्रिलमा प्रदर्शन गर्ने अपिलहरूमा, प्रदर्शनको समय तथा स्थानहरूको ६ पंक्तिहरूमा घोषणा मात्र गरिएको छ, जसलाई स्पष्टः गोपनीय ढंगले र भिन्न–भिन्न छापाखानाहरू तथा भिन्न–भिन्न टाइपहरूमा अत्यन्तै शीघ्रतापूर्वक तयार गरिएका छन् । हाम्रो सामु यस्ता मानिसहरू (“सामाजिक–जनवादी पनि”) छन्, जो “भूमिगत” कार्यका यी अवस्थाहरूतिर इशारा गर्दै विद्वेषपूर्ण ढंगल मन्द–मन्द मुस्कुराउँदछन् वा तिरस्कारपूर्ण ढंगले मुख बग्यांउँदछन् र सोध्दछन् ः “यदि सम्पूर्ण पार्टी भूमिगत कार्यसम्म मात्र सीमित हुन्छ भने, त्यससँग कति मानिसहरू बाँकी रहलान् ? दुई वा तीनसय ?” (हेर्नुहोस्, गद्दार मुखपत्र ‘लुच’ द्वारा आफ्नो अंक ९५ (१८१) को सम्पादकीय लेखमा श्री सेदोवको तर्क, जससँग स्पष्टवादी विसर्जनवादी हुने दुःखद साहस छ । ‘लुच’ को यो अंक मे दिवस कारवाहीको ५ दिन अगाडि, अर्थात् ठीक त्यस बेला प्रकाशित भएको थियो, जब भूमिगत मानिसहरू पर्चा तयार गरिरहेका थिए !)
सर्वश्री दान, पोत्रेसोव र उनको मण्डलीले, जो यी शर्मनाक बयान दिन्छन्, थाहा पाउनुपर्दछ कि पार्टी पंक्तिमा १९०३ मा नै हजारौं र १९०७ मा डेढ लाख सर्वहारा थिए, अहिले पनि हजारौं–हजार मजदूर रुसी सामाजिक–जनवादी मजदूर पार्टीको भूमिगत इकाईका सदस्यहरूको रूपमा भूमिगत पर्चा छाप्दै प्रसारित गरिरहेका छन् । तर विसर्जनवादी सज्जन जान्दछन् कि स्तोलीपिन “कानून” तिनीहरूका घृणित झुटहरूको, र भूमिगत कार्यप्रति तिनीहरूको मुख बनाउने “हरकतहरू” को, जुन अझ धेरै घृणित छ, कानूनी प्रतिपादले तिनीहरूको रक्षा गर्दछ ।
थोरै हेरौं यी मानिसले व्यापक मजदूर वर्गीय आन्दोलनबाट तथा सामान्यतया क्रान्तिकारी कार्यबाट कुन हदसम्म सम्पर्क गुमाएका छन् ! तिनीहरूकै परिमाणको उपयोग गरौं, जुन उदारवादीहरूको अनुकूल बनाउनको लागि जानीबुझीकन जाली बनाइएको छ । पलभरको लागि मानिलिऊँ कि सेन्ट पीटर्सबर्गका “दुई वा तीनसय” मजदूरहरूले ती भूमिगत पर्चाहरूलाई छाप्ने तथा प्रसारित गर्नमा भाग लिए ।
परिणाम के भयो ? “दुई वा तीनसय” मजदूर, सेन्ट पीटर्सबर्गको सर्वहारा वर्गको पुष्प ; यी मानिसहरू, जसले आपूmलाई केवल सामाजिक–जनवादी मात्र भन्दैनन्, बरु समाजिक–जनवादीहरूजस्तै काम गर्दछन्, यी मानिसहरूको जसलाई यसको लागि रुसको सम्पूर्ण मजदूर वर्गले आदर तथा प्रशंसा गर्दछ, यी मानिसहरू, जो “व्यापक पार्टी” को बारेमा बकबक गर्दैनन्, तर जसबाट वास्तवमा रुसमा विद्यमान एकमात्र भूमिगत सामाजिक–जनवादी पार्टी बनेको छ, यी मानिसहरू भूमिगत पर्चाहरूलाई छाप्दछन् तथा बाँड्दछन् । ‘लुच’ सँग सम्बन्धित विसर्जनवादी (स्तोलिपिनको सेन्सरद्वारा रक्षित) “दुई वा तीनसय”, “भूमिगत” कार्य र त्यसको “अतिरंजित” महत्व, आदिमाथि तिरस्कारपूर्ण ढंगले हाँस्दछन् ।
र, तब अकस्मात चमत्कार हुन्छ ! सेन्ट पीटर्सबर्ग समितिको कार्यकारी आयोगका आधा दर्जन सदस्यहरूद्वारा तयार गरिएको एउटा निर्णय – “दुई वा तीनसय” द्वारा छापिएका र प्रसारित गरिएका पर्चा – अनुसार अढाई लाख मानिसहरू सेन्ट पीटर्सबर्गमा एक शरीर, एक प्राणजस्तै उभिन्छन् ।
पर्चा तथा सभाहरू र प्रदर्शनहरूमा मजदूरहरूको क्रान्तिकारी भाषणले कुनै “खुल्ला मजदूरवर्गीय पार्टी”, “संघबद्धताको स्वतन्त्रता” वा यसप्रकारका सुधारहरूको कुरा गर्दैनन्, जसका कल्पनाहरूबाट उदारवादीहरू जनतालाई मूर्ख बनाइरहेका छन् । यिनीहरू बाहिर निस्किने एकमात्र मार्गको रूपमा क्रान्तिको कुरा गर्दछन् । यिनीहरू जनतन्त्रको एकमात्र नाराको रूपमा कुरा गर्दछन्, जसले सुधारहरूको बारेमा उदारवादी झुटहरूको विपरीत स्वतन्त्रता सुनिश्चित गर्नको लागि आवश्यक परिवर्तन इंगित गर्दछ, त्यसको रक्षाको लागि सचेत रूपले उभिनमा समर्थ शक्तिहरू इंगित गर्दछ ।
सेन्ट पीटर्सबर्गका बीस लाख निवासीले क्रान्तिको लागि यी अपिलहरूलाई हेर्दछन् र सुन्दछन्, जुन जनताका सम्पूर्ण श्रमजीवी तथा उत्पीडित भागहरूको हृदयसम्म पुग्दछन् । सम्पूर्ण सेन्ट पीटर्सबर्ग वास्तविक, ठूलो आकारको उदाहरणबाट हेर्दछ कि उद्दारको कुन मार्ग छ र सुधारहरूको बारेमा उदारवादी झुट के हो । मजदूरहरूका हजारौं सम्पर्क – र सयौं बुर्जुवा अखबार, जुन सेन्ट पीटर्सबर्गका जनकारवाहीहरूका खबरहरू कम्तीमा पनि साना अंशहरूमा छाप्नको लागि विवश छन् – राजधानीका सर्वहाराहरूको अडिग हड्ताल आन्दोनलका खबर सम्पूर्ण रुसमा प्रसारित गर्दछन् । कृषक जनसमुदाय तथा सेनामा नोकरी गरिरहेका किसान दुवैले हड्तालहरू, मजदूरहरूका क्रान्तिकारी मागहरू, लोकतन्त्रको लागि तथा किसानहरूको लाभार्थ जागीरहरू खोस्नको लागि उनीहरूको संघर्षको यो खबर सुन्दछन् । क्रान्तिकारी हड्तालहरू मन्द गतिले तर निश्चित रूपले जनसाधारणलाई क्रान्तिको लागि उद्वेलित गरिरहेका छन्, जगाइरहेका छन्, प्रबुद्ध बनाइरहेका छन् तथा संगठित गरिरहेका छन् ।
“दुई वा तीनसय” “भूमिगत मानिसहरू” लाखौं–करोडौंका हित तथा आवश्यकताहरू व्यक्त गरिरहेका छन्, उनीहरूले तिनीहरूलाई तिनीहरूका असहाय स्थितिको बारेमा वास्तविकता बताउँदछन्, क्रान्तिकारी संघर्षको आवश्यकताहरूको लागि उनीहरूका आँखा खोल्दछन्, उनीहरूलाई त्यसमा आस्थाले ओतप्रोत बनाउँदछन्, उनीहरूलाई सही नारा दिन्छन् तथा यी जनसाधारणलाई बुर्जुवा वर्गका शब्दाडम्बरपूर्ण तथा सरासर जाली, सुधारवादी नाराहरूको प्रभावबाट टाढा हटाउँदछन् । “दुई वा तीन” दर्जन बुद्धिजीवी विसर्जनवादीहरू अप्रबुद्ध मजदूरहरूलाई बेवकूफ बनाउनको लागि विदेशमा तथा उदारवादी व्यापारीहरूको बीचमा जम्मा गरिएको धनको उपयोग गर्दै यी बुर्जुवाहरूका नाराहरूलाई मजदूरहरूको बीचमा पु¥याइरहेका छन् ।
१९१२–१९१३ का सम्पूर्ण क्रान्तिकारी हड्तालहरूजस्तै मे दिवस हड्तालले ती तीन राजनीतिक खेमाहरूलाई स्पष्ट गरिदिएका छन्, जसमा आजको रुस विभाजित भएको छ । एउटा हो जल्लादहरू, सामन्ती प्रभुहरू, राजतन्त्र तथा जासुसी पुलिसको खेमा । त्यसले अत्याचारहरूको रूपमा यथाशक्ति सबै कुरा गरिसकेको छ तथा मजदूर जनसाधारणको सामु त्यो पुंसत्वहीन भइसकेको छ । दोस्रो हो बुर्जुवाहरूको खेमा, जसमा क्याडेटहरूदेखि लिएर अक्टुबरवादीहरूसम्म सबै चिच्याइरहेका छन्, विलाप गरिरहेका छन्, सुधारहरूको माग गरिरहेका छन्, यो सोचेर आपूmलाई “बेवकूफ” बनाइरहेका छन् कि रुसमा सुधार संभव छन् । तेस्रो हो क्रान्तिको खेमा, उत्पीडित जनसाधारणको हित व्यक्त गर्ने एकमात्र खेमा ।
यो खेमामा सम्पूर्ण विचारधारात्मक कार्य, सम्पूर्ण राजनीतिक कार्य एक्लो भूमिगत सामाजिक–जनवादीहरूद्वारा ती मानिसहरूद्वारा गरिंदै छ, जो सामाजिक–जनवादको भावनामा प्रत्येक कानूनी सुअवसरको उपयोग गर्न जान्दछन्, जो उन्नत वर्ग, सर्वहारासँग अटुट रूपले जोडिएका छन् । पहिलेदेखि नै कसैले यो भन्न सक्दैन कि यो उन्नत वर्गले जनसाधारणको ठीक विजयशील क्रान्तिसम्म नेतृत्व गर्न सक्दछ वा सक्दैन । तर यो वर्ग उदारवादीहरू र ती सम्पूर्ण मानिसहरूको, जो “सामाजिक–जनवादी पनि” हुन्, सम्पूर्ण ढुलमुलपन र गद्दारीहरूको बावजूद आफ्नो कर्तव्यको – त्यो ध्येयतिर जनसाधारणको नेतृत्व गर्ने कर्तव्यको – पालन गरिरहेको छ । रुसी समाजवाद तथा रुसी जनवादका सम्पूर्ण सजीव तथा जीवन्त तत्व केवल सर्वहाराको क्रान्तिकारी संघर्षको उदाहरणद्वारा तथा त्यसको मार्गदर्शनमा शिक्षित भइरहेका छन् ।
यो वर्षको मे दिवस कारवाहीले सम्पूर्ण दुनियाँलाई देखाइदिएको छ कि रुसी सर्वहारा आफ्नो क्रान्तिकारी मार्गमा अडिगतापूर्वक अग्रसर भइरहेको छ, जसबिना रुसको, जसको सास रोकिरहेको छ तथा जसको जीवितै ह्रास भइरहेको छ, उद्दार हुन सक्दैन ।
१५(२८) जुन, १९१३ मा प्रकाशित