नेपाली समय:
Flash News

१२९ औं मई दिवस सबै प्रदेशहरुमा भव्यतापूर्वक सम्पन्न साथमा केही झलकहरु

प्रदेश एक

अखिल नेपाल ट्रेड यूनियन महासंघ मोरंगले १२९औ अन्तराष्ट्रिय श्रमिक दिवसको दिन विराटनगरमा करिब ४००मजदुरहरू तिनपैनी स्थित ने क पा माओवादी केन्द्रको १न पार्टी अफिसबाट (याली निकालि मेनरोड जलजलाचौक हस्पिटल चौक सिडिया कार्यालय हुँदै शनिहाट अर्थ मन्त्रालय अगाडि अ ने ट्रे यु मोरं ग उपाध्यक्ष क धर्म लाल माझिबाट कार्यक्रम संचालन र महासंघ मारंग अध्यक्ष क गंगाराम थापा ईन्चार्ज उपेन्द्र राय ने क पा माओवादीका पि ब एम हेम कार्की र मोरंग उपाध्यक्ष क भोगेन्द्र यादव बाट कार्यक्रम मनाउनको अर्थ सहित शुभकामना मन्तब्य सहित नया श्रमऐन सामाजिक सुरक्षारबेतनमा ५००० का दरले बृधि सहित शुभकामना ब्यक्त
इलामको फिक्कलमा पनि मई दिवस भव्यरुपमा मनाईएको छ सो सभालाई अन्टुफ उपाध्यक्ष धनबहादुर बि.क. र प्रदेश इन्चार्ज भुपाल सापकोटा लगायतले सम्बोधन गर्नु भएको थियो । झापामा पनि मई दिवसको जुलुश र सभा भएको छ सभालाई अन्टुफ नेतृ सिता सापकोटा लगायतले सम्बोधन गरेका छन् ।
सुनसरीमा भव्यरुपमा हजारौ. मजदुरहरुको सहभागितामा जुलुशसहितमई दिवसका्े कार्यक्रम सम्पन्न भएको अध्यक्ष राजन काफ्लेले बताएका छन् ।
प्रदेश दुई

 

सप्तरी, धनुषा, सिरहा, वार्सा पर्सा लगायतका जिल्लाहरुमा मई दिवसको कार्यक्रमहरु आयोजना गरेको प्रदेश २ का इन्चार्ज तथा अन्टुफ उपाध्यक्ष सोनालाल सहाले बताएका छन् ।

 

 

 

 

 

 

प्रदेश ३
परिवर्तनको पछाडि हजारौं श्रमिकहरुको बलिदान छ – घर्ती

 

कोणसभामा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य एवम् महासंघका फ्र्याक्सन इन्चार्ज जयपुरी घर्ती मगरले मई दिवसको विशेष महत्व रहेको बताइन् ।
मगरले कोण सभालाई सम्बोधन गर्दै नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता प्राप्ति लगायत आमूल परिवर्तनको पछाडि हजारौं नेपाली श्रमिकहरुको बलिदान रहेको बताइन् ।
उनले दश वर्षको जनयुद्धका क्रममा उत्पीडित वर्ग, समुदाय, क्षेत्रका हजारौं श्रमिकहरुका गौरवपूर्ण बलिदानी रहेको भन्दै मई दिवस पनि बलिदानी दिवस रहेकाले यसको महत्व दिनप्रतिदिन श्रमिकका बीच बढ्दै गइरहेको बताइन् ।
श्रमिकहरुलाई सरकारले उपयुक्त आवासको व्यवस्था गर्नुपर्छ – रेग्मी
यसैगरी महासंघका अध्यक्ष गणेश रेग्मीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको साइनो ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’सँग जोडिएको भन्दै सुकुम्वासी श्रमिकहरुलाई सरकारले उपयुक्त आवासको व्यवस्था गर्नु पर्ने बताए ।
अध्यक्ष रेग्मीले सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन २०७४ कार्यान्वयनका लागि तत्काल श्रम नियमावली र सामाजिक सुरक्षा कोष नियमावली जारी गरिनु पर्नेमा जोड दिए ।

श्रमिकको तलब रु। ५००० बृद्धि गर्न, राज्यको नीति निर्माणको तहमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न अध्यक्ष रेग्मीले विशेष जोड दिए ।
प्रदेश ३ को राजधानी हेटौंडामा चारवटा संगठनहरुले मई दिवसको संयुक्त कार्यक्रम गरेका छन् । सो कार्यक्रमलाई जिफन्टका ललितबस्नेत, अन्टुफका जय कार्की, कोनेपका मुनु सिग्देलले सभालाई सम्बोधन गर्नु भएको थियो भने अन्टुफ मकवानपुरका अध्यक्ष गंगा भट्टराईले स्वागत गर्नु भएको थियो । चितवनको मई दिवसमा केन्द्रीय तथा प्रदेश तहका र पुराना खारिएका मजदर नेताहरुलाई एक्ल्याएर मनाउने धृष्टता गरेकोले खल्लो महशुस गर्दै आयोजकहरुप्रति मजदुरहरुले आक्रोश व्यक्त गरेका थिए । मंचमा नै गएर मई दिवसका दिन मजदुरका नेताहरुको अपमान नगर्न चेतावनी दिंदै कार्यक्रमबाट बाहिरिएका थिए । नुवोकोट र रसुवाले पनि भव्यरुपमा मई दिवस मनाएको अध्यक्ष उत्तम मुडभरीले बताएका छन् ।
प्रदेश चार


मई दिवसको कार्यक्रममा जिफन्छ र अन्टुफले विशेष गोष्ठीको आयोजना गरि पोखरामा सम्पन्न गरेका छन् । नवलपुर जिल्लामा पनि मई दिवसको कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश चारको स्याँजा र लमजुङ जिल्लामा पनि १२९ औ मई दिवस मनाएको नविन अधिकारीले बताएका छन् ।
प्रदेश पाँच

सिद्धार्थनगरमा मई दिवसको दिन पाँच किलोमिटरको म्याराथन दौड विजयीहरुलाई प्रमुख अतिथि प्रेम घिसिङद्धारा प्रथम दितिय र तृतीय हुनेहरुलाई नगद पुरस्कार वितरण । रुपन्देहीमा पनि मई दिवसको कार्यक्रम सम्पन्न भएको
२०७५र१र१८ १अखिल नेपाल ट्रेडयुनियन महासघ बाके ले १२९औ अन्तरास्ट्रिय श्रमिक दिवसको अबसरमा आयोजित कार्याकरम सममपन्न१कार्यकर्म को सभापती क।वसन्त मल्ल प्रमुक अतिथी क। प्रकश सुवेदी ने।क।पा।माओबादी सचिबालय सदस्य अतिथी क।दान ब।ओलि अन्टुफ ५न।प्रदेश अध्यक्ष क।बद्री प्र जैसि उपाध्यक्ष पुर्ब संविधान सभा सद्स्य क।असोक रोकाय हामो सग्ठ्न का पुर्ब कोशा अध्यक्ष क।ड्म्बर बिक जिफ्न्का बाके ईन्चार्ज टि एन रावत प्ररेश सेन्तर बाके अध्यक्ष दत्त धिताल ले सुभ कामना दिनुभएको थियो
प्रदेश सात

प्रदेश ७ मा पनि १२९ मई दिवस रक्तदान, जुलुश र आम सभा गरि मनाएको कुरा प्रदेश ७ का यन्चार्ज नरहरिनाथ योगीले बताउनु भएको छ ।