नेपाली समय:
Flash News

अमिर माबो द्वारा निर्देशित ” तिमी टाढा धेरै टाढा” बोलको गित अब बजारमा ( भिडियो सहित ) 

३,मई,२०१८/ मलेसिया मलेसियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गितकार बाचन लिम्बू को शब्दमा रहेको तिमी टाढा धेरै टाढा बोलको मार्मिक अाधुनिक गितको भिडियो सार्वजनिक भएको छ। गायक हेमराज बेघाको सुमधर अावाजमा रहेको उक्त भिडियोमा नव कलाकार रेजुङ शेर्पा र अनु तामाङको जोडदार अभिनय रहेको छ।सञ्जिव सुब्बको एरेञ्ज र उत्तम जंघ लिम्बुले संगित भरेको भिडियोको निर्देशन भने मञ्जरी थिएटर ग्रुपका अध्यक्ष अमिर माबोले गरेका हुन्। पहिलोपल्ट निर्देशन गरेका अमिर भन्छन् ,” नया कलाकार साथै मेरो पनि पहिलो परीक्षा स्तरीय प्रविधि पनि पूर्ण नभए पनि अाफूले सकेसम्म गरेका छौ ,सम्भवतः धेरै भौतिक र प्रविधिक कुरामा पनि चुकेका हुन सक्छौ नया कलाकार संग मेरो पनि पहिलो काम रहेकोले माया गरि सल्लाह सुझाव दिनु हुन्छ भन्ने अपेक्षा समेत लिएको छु। पछिल्लो समय मलेसियामा नेपाली कलाकार हरुको उदय प्रसस्तै भईरहेको अवस्थामा अमिरको पहिलो निर्देशन र नव कलाकार हरुले दर्शक र स्रोताको माया कति पाउछ त्यो त समयले नै बताउला।