नेपाली समय:
Flash News

विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालको प्रेस बिज्ञप्ती

विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति–नेपाल
World Federation Of Trade Unions (WFTU)
Co-ordination Committee
Kathmandu, Nepal

मिति २०७५।०१।२०

विश्वका प्रगतिशिल समाजबादी बिचार पक्षधर श्रमिकहरुको अन्तराष्ट्रिय केन्द्र विश्व ट्«ेड युनियन महासंघमा आबद्ध ८ वटा टे«ड युनियन महासंघहरुको आयोजनामा एक दिवसिय अन्तराष्ट्रिय सेमिनार तथा बैठक सम्पन्न भएकोछ । उक्त कार्यक्रमको प्रमुख आतिथि नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सेमिनारमा मन्तब्य दिनु हुदै विश्व साम्राज्यबाद पुजिबादका बिरुद्ध श्रमिकहरुको एकता अपरिहार्यता भएको बताउदै श्रमिकहरुको संबृदिका लागि शिक्ष, स्वास्थ्य, आवास, खाद्यान्न र स्वच्छ खानेपानिका सुबिधा का साथै जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक, सामाजिक सुरक्षा र टे«ड युनियन अधिकारको प्रत्याभुति गर्न श्रमिकहरुका ट्रेड युनियनहरुले आफै एकताबद्ध भएर आन्दोलनलाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रमका बिशेष अतिथि विश्व ट्रेड युनियन महासंघका अध्यक्ष वान्डिले माईकल मकावाईबाले नेपालका श्रमिकहरुको हक हितका लागी सरकारले बिशेष ध्यान दिनु पर्ने बताउनु हुदै श्रमिकहरुको हक हितका लागि सरकारले बिशेष ध्यान दिनु पर्ने बताउनु हुदै श्रमिकहरुले आफ्नो हक हितका लागि निरन्तर जुझारु श्रमिक बर्गिय संघर्ष जारी राख्नु पर्दछ । साथै साम्राज्यबाद, बिस्तारबाद र एकल पुजिबादीहरुबाट लागु गरिएका सबै खाले श्रमिक बिरोधी नीति र कार्यक्रमहरुको डटेर बिरोध गर्नु आब्हान गर्दै सो कार्यहरुका लागी विश्व ट्रेड युनियन महासंघको सदैव सहयोग र एक्यबद्धता रहने कुरा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा ८ महासंघको तर्फबाट अध्यक्षहरुले आफ्ना संगठनका धाराण राख्नुका साथै बरिष्ठ अर्थशास्त्री डा. गोबिन्द बहादुर थापाले साम्राज्यबाद र पुजीबादले मजदुर बर्गमा पारेको असर बारे कार्यपत्र प्रस्तुत गर्नु हुदै पुजीबादी सोच र नीतिका कारण श्रमिकहरु शोषणको मारमा परेकाछन । सबै श्रमजीवि वर्गको मुक्तिका लागी पुजिबादको विकल्प समाजबादी राज्य ब्यबस्था अपरिहार्य रहेको बताउनु भयो । साथै उक्त कार्यक्रमा विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको बैचारिक एवं सञ्चालन आधारपत्र ध्ँत्ग् आर्थिक नियन्त्रण समितिका सदस्य मोहनमान स्वाँरले प्रस्तुत गर्नु भयो । यसै गरी भेलाबाट पेशागत महासंघ नेपालका बरिष्ठ उपाध्क्ष प्रेमल कुमार खनालको संयोजकत्वमा तपसिल बमोजिको १७ सदस्य विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको गठन गरिएकोछ । श्रम आन्दोलन सम्बन्धी १४ बुदे काठमाण्डौ घोषण पत्र जारी गर्दै नेपालमा क्रियाशिल समाजबादी बैचारिक धारका श्रमिक ट्रेड युनियनहरुले भब्यरुपमा ऐतिहासक मे सप्ताह सम्पन्न गरिएकोछ । यस कार्यका लागी सहयोगी, सहभागी सम्पुर्ण पेशाकर्मी , श्रमिक एवं आम जनसमुदाय सञ्चार माध्यमहरु प्रति हर्दिक आभार, धन्यबाद प्रकट गर्दछौ ।
WFTU Co-ordination Committee Nepal का सदस्यहरु:
१) प्रेमल खनाल – संयोजक
२) मोहनमान स्वार – सहसंयोजक
महासंघका अध्यक्ष र महासचिवहरु पदेन सदस्य
३) विश्वनाथ प्याकुरेल – सदस्य
४) दयाराम बस्याल – सदस्य
५) नारायण प्रसाद सापकोटा – सदस्य
६) तिलक थापा मगर – सदस्य
७) मधु बि.सि. – ¬सदस्य
८) रामेश्वर श्रेष्ठ – ¬सदस्य
९) चिरागमान सिंह कुवर – सदस्य

१२) लोकराज भुसाल – सदस्य
१३) धनकुमारी मगर – सदस्य
१४) कृष्ण बहादुर थापा – सदस्य
१५) टिकाराज कार्की – सदस्य
१६) भरत ढकाल – सदस्य
१७) लाल बहादुर पाख्रिन –सदस्य

सेमिनारबाट पारित १४ बुदे काडमाण्डौ घोषण पत्र

१) आतङ्कवाद नियन्त्रणको वहानामा विश्व साम्राज्यवादले संचालन गरेको हत्या, हिंसा र आतङ्क बन्द गरी युद्ध र
हतियार खरिदमा भई रहेको खर्चलाई उत्पादन र रोजगारी वृद्धि तर्पm लगानी गर ।
२) युद्ध, हत्या, हिंसाबाट शरणार्थी बन्न बाध्य श्रमजीवी जनतालाई मानवोचित जीवन यापन गर्न पाउने अधिकारको सुनिश्चितता गर ।
३) गरिबी र वेरोजगारीका कारण बैदेशीक रोजगारमा जान बाध्य आप्रावासी श्रमिकहरुलाई अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुरुपको सेवा, शर्त, सुविधाको सुनिश्चितता गर ।
४) उत्पादनशील क्षेत्रमा व्यापक लगानी गरी रोजगारी बृद्धि गर ।
५) आई.एल.ओ. अभिसन्धी नं. ८७, १०३, १५१, १८३ लगायतका अभिसन्धी अनुमोदन गर ।
६) सार्वजनिक संस्थानहरुको नीजिकरण बन्द गर ।
७) शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी सेवा र सुविधामा भई रहेको व्यापारीकरण र नीजिकरण बन्द गरी श्रमजीवी वर्गलाई सर्वसुलभ ढंगले सेवा प्रदान गर र रासन कार्डको व्यबस्था गर ।
८) Hire & Fire, No Work No Pay, Out Sourcing करार सेवा जस्ता नीतिका माध्यमबाट श्रमिक वर्गको सेवा र ट्रेड यूनियन अधिकारलाई कुण्ठित गर्ने नीतिको अन्त्य गर ।
९) सार्वजनि संस्थान, बैंक, सरकारी एवं नीजि क्षेत्रमा औसत आयुका आधारमा श्रमिक कर्मचारीलाई सेवाको आधारमा नभई उमेरको आधारमा मात्रै अवकाश हुने एकद्वार अवकाश नीतिको अवलम्बन गर ।
१०) जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक र सामाजीक सुरक्षाको प्रत्याभूति गर ।
११) श्रमिक वर्गको राजनीतिक अधिकार, ट्रेड यूनियन अधिकारलाई सुनिश्चित हुने गरी संविधान र श्रम कानूनमा सुधार गर । श्रम कानूनमा श्रमिकहरुका हक अधिकार संकुचित बनाउने नीतिको अन्त्य गर ।
१२) विश्व साम्राज्यवाद, एकल पूँजीवाद र विस्तारवादीहरुले गरेको शोषणका विरुद्ध श्रमजिवी वर्गले विभिन्न देशमा संचालन गरेको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दछ ।
१३) श्रमिक तथा मजदूरहरुले बिभिन्न मुलुकहरुमा आफ्ना हकहित र परिवर्तनका लागि चलाएका न्यायिक आन्दोलनको क्रममा लगाइएका झुट्टा मुद्या, गिरप्तारी, जेल सजाय जस्ता अन्यायपूर्ण क्रियाकलापहरुको तुरुन्त बन्द गर्न माग गर्दछ ।
१४) ट्रेड यूनियन आन्दोलमा हुर्किरहेको अवसरवाद र वर्ग समन्वयवादी धारलाई परास्त गर्न दृढतापूर्वक वैचारिक संघर्ष गर्दै श्रमिक वर्गीय, जुझारु ट्रेड यूनियन आन्दोलनको विकास गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।

संयोजक
प्रेमलकुमार खनाल