नेपाली समय:
Flash News

मकवानपुरमा एक महिनाभित्र १० प्रतिशत सेवाशुल्क लागू हुने- महासचिव मुक्ति दाहाल

Mukti Dahal Secretary General

बैशाख २३ हेटौंडा, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका महासचिव मुक्ति दाहाल, उपमहासचिव रामेश्वर अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्ष गंगा भट्टराई, उपाध्यक्ष रामशरण घिमिरे, सचिव विष्णु रानामगर तथा होटल एशोसियशन मकवानपुरका अध्यक्ष भगिरथ शर्मा, सचिव शंकरमान श्रेष्ठ, सल्लाहकार विष्णुगोपाल महर्जन तथा श्रम कार्यालय मकवानपुरका श्रम निरिक्षक नित्यश्वर राय यादव सहितको संयुक्त बैठक बस्यो । बैठकमा महासचिव दाहाले मकवानपुर जिल्लामा हालसम्म पनि होटल तथा रेष्टुरामा कार्यरत श्रमिकहरुका लागि १० प्रतिशत सेवा शुल्क उपलब्ध नगराएकोमा नियम बमोजिम तत्काल कार्यान्वयन गर्न माग गर्दै अन्यथा संगठनले आवश्यक कदम चाल्ने प्रस्ताव राख्नु भएकोमा छलफल र सहमति अनुसार बैठक बसेको मिति एक महिनाभित्रमा १० प्रतिशत सेवा शुल्क लागू गरिछाड्ने प्रतिवद्धता एशोसियशनका अध्यक्षले जाहेर गर्नुभएको छ ।
महासचिव दाहालले प्रदेश एक र दुईका सबै होटल, रेष्टुराहरुमा १० प्रतिशत सेवाशुल्क लगाउने अभियानमा आफु श्रम कार्यालय, एशोसियशनका अध्यक्ष्यहरु तथा टे«ड युनियन महासंघहरुको नियमित सम्पर्कमा रहेको वताएका छन् । स्मरणीय के छ भने अझै पनि सबै होटल तथा रेष्टुराहरुमा १० प्रतिशत सेवा शुल्क लागू नभएकोले श्रमिकहरु आन्दोलनमा उत्रिने सोचमा रहेका छन् ।

सोही दिन मकवानपुर जिल्लाको विभिन्न होटलहरुमा कार्यरत मजदुरहरुको भेलाले श्याम के.सी.को संयोजक र शर्मिला अर्याल सहसंयोजक रहेको तथा सदस्यहरु हेम लामा, सिता खतिवडा, रेणुका अधिकारी, मोहन श्रेष्ठ र अरु चारजना पछि थपगर्ने गरि अखिल नेपाल होटल,क्यासिनो तथा रेष्टुरा मजदुर संघ मकवानपुर जिल्ला गठन गरेको छ । बैठकले १० प्रतिशत सेवा शुल्क, सामाजिक सुरक्षा, श्रम ऐन, बेतन बृद्धिको विषयलाई अघि बढाउने कुरा महासचिव दाहालले बताएका छन् ।