नेपाली समय:
Flash News

श्रमिकका मागहरु पुरा गर्न वचनवद्ध छु श्रममन्त्री गोकर्ण बिष्ट

अखिल नेपाल सरकारी अस्थाई करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको आयोजनामा स्थायी हुन पाउने अधिकारको सुनिस्चित गरौं भन्ने नारा सहित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई श्रममन्त्री गोकर्ण विष्टले सम्बोधन गर्दै अस्थायी, करार र ज्यालादारी श्रमिकहरुको समस्या समाधान गर्ने प्रतिवद्धता गर्दै श्रम ऐन, सामाजिक सुरक्षा ऐन लगायतको कार्यान्वयन गराउने आश्वासन दिएका छन् । तर श्रमिकहरुले लागू भएपछि मात्रै पत्याउने भनेका छन् किनकी यसभन्दा अघिका थुप्रै मन्त्रीहरुले दर्जनौ आश्वासन दिएका थिए तर उनीहरुको हालतमा केही पनि सुधार गरेनन् । प्रम ओलीको बामगठबन्धनको सरकारप्रति ठुलो आशा र भरोसा बोकेर आएका मजदुरहरुको बृहत सभालाई अखिल नेपाल टे«ड युनियिन महासंघका अध्यक्ष गणेश रेग्मी, उपमहासचिव सोमबहादुर तामाङ, साँसद लालकुमारी पुन लगायतले सम्बोधन गर्दै माग पुरा नगरे मजदुरहरुले कठोर कदम चाल्न बाध्ये हुने बताएका थिए ।
Baishakh 22,2075