नेपाली समय:
Flash News

मलेसियामा भोलि संसदीय निर्वाचन हुँदै।

मजदुर अनलाइन / मलेेसिया

मलेसिया मा भोलि मे ९ तारिख बुधबार संसदीय निर्बाचन हुदैछ।
२००९ देखी हाल सम्म प्रधानमन्त्री पद सम्हालेका हालको काम चलाउ प्रधानमन्त्री नाजिब रजाक को गठबन्धन पार्टी “बारिसन नेशनल” र भुतपुर्व प्रधानमन्त्री डा. महाथिर बिन मोहम्मद को गठबन्धन पार्टी “पाकातन हरापन” चुनावी मैदानमा उत्रिएको छ ।

बारिसन गठबन्धन पार्टी ५६ बर्ष देखी लगातार सत्तामा छ भने पाकातन हरापन गठबन्धन अहिलेसम्म सत्तामा पुग्न सकेको छैन तर यसपटक भने बिपक्षी गठबन्धन पार्टी ले सरकार को नेतृत्व गरिएहेको बारिसन लाई कडा चुनौती दिने आकंलन गरिएको स्थानीय सञ्चार माध्यम ले जनाएको छ।

भुतपुर्व प्रधानमन्त्री डा. महाथिर ले राजनीति सुरुवात गरेको पार्टी (युएमएनो) परित्याग गरि २०१६ मा नयाँ पार्टी स्थापना गरेको थिए
९२ बर्षिय डा. महाथिर चुनावी मैदानमा उत्रनु लाई पनि निकै महत्त्वपूर्ण र सम्भावित प्रधानमन्त्री को साथ हेरिएको छ
मलेसिया लाई अहिले को अबस्थामा पुराउन डा महाथिर लाई नै श्रेय दिइने गरिन्छ।

बुधबार हुने निर्बाचन मा प्रतिनिधि सभाको लागी २२२ र प्रदेश सभाको ५८७ गरि कुल ८०९ सिट को लागी चुनाब हुदैछ।