नेपाली समय:
Flash News

मलेसियाबाट स्वदेश फर्कन लागेका युवक बिमानस्थल आउने क्रममा ट्याक्सी ड्राइभर बाट बाटैमा लुटिए ।

 
अर्पण मगर( बुद्ध)/ मई ९, मलेसिया

अाज बिहान मलेसियाबाट स्वदेश फर्कन लागेका एक युवक बाटोमै लुटिएका छन् । मनाङ ताचे बगरघास बडा नं १ निवासी भुपेन्द्र घले बुधबार क्वालालाम्पुर विमानस्थल जाने क्रममा ट्याक्सी चालकबाट लुटिएका हुन् ।

( पिढीत भूपेेन्द्र  घले)


दुई वर्ष अघि वैदेशिक रोजगारीको शिलसिलामा एक प्लास्टिक कम्पनीमा मलेसिया अाएका घले तेस्रो पटकको मेडिकलमा समस्या देखिए पछि घर फर्किन लागेका थिए। उनि मलेसियाको समय अनुसार विहान ८ बजेको नेपाल एयरलाइन्सको फ्लाइट थियो। टिबिएस बाट एयरपोर्ट जाने क्रममा उनी ट्याक्सी चढेका थिए। स्थानीय नागरिक चालकले बीच बाटोमा पुर्‍याएर उनीसँग रहेको नगद, मोबाइल र घरमा परिवारलाई ल्याउन लागेको सामानहरु लुटेका थिए ।

( सामान लुटेेपछी च्यातिएको अवस्थामा झोला)

ट्याक्सी चालकले उनको पासपोर्ट र टिकट पनि च्यातिदिएका छन् । उनीमाथि कुटपिटसमेत भएको छ। उनलाई मलेसियामा नै रहेका नेपालीहरुले उद्धार गरेका छन् । उनलाई दुतावासको सहयोगमा ट्राभल डकुमेन्ट बनाई घर फर्काउने तयारी गरिरहेको पिएनसीसी का अध्यक्ष राम नेपालले जानकारी दिनुभयो ।