नेपाली समय:
Flash News

साउदीमा मृत्युदण्ड पर्खिरहेका दिलबहादुर बचाउन मलेसियामा ब्लडमनी संकलन सुरु

 

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेका रोल्पा धवाङ ५ निवासी दिलबहादुर घर्ती अल दोआदमी भन्ने स्थानमा कार्यरत रहदा नीजले चलाएको सवारी दुर्घटना भई साउदी नागरिको निधन भएकोले साउदी अदालतमा मुद्दा चलेको र अदालतले दिलबहादुरलाई दोषी ठहर गरि ब्लडमनी स्वरुप २,२५,०००/- (दई लाख पच्चीस हजार) साउदी रियल, अर्थात ६५,००,०००/- (पैसठ्ठी लाख) नेपाली रुपियाँ तोकेको उक्त रकम बुझाउन नसके मृत्युदण्ड दिने फैसला गरेको थियो। साउदी स्थिति नेपाली दुतावासले उक्त फैसलामा पुनरावेदन गर्दा पनि पहिलेकै फैसला सदर गरेको हुदा दिलबहादुर घर्तीको पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकोले “सेवा नै धर्म हो” भन्ने मुल उपदेशलाई अवलम्बन गर्दै जनप्रगतिशिल मञ्च मलेसियाको इन्चार्ज रमेश तिवारी, अध्यक्ष प्रेम पाण्डे र एनआरएन आइसीसीको सदस्य विश्व राईको विशेष उपस्थित साथै दिलबहादुर बचाउनका लागि ब्लडमनी संकलन अभियान २०७५ मुल समिति नेपालको सदस्य रुपधन घर्ती मगर (सुकुमार) र सुगम बुढा मगरको पहल र चन्द्र बहादुर घर्ती मगर को सक्रियतामा ब्लडमनी संकलन अभियान संचालन गरिएको छ। आज अभियानको पहिलो दिन मलेसियन रिङगेट २७०३/- नेपाली रुपियाँ ७२९८१/- संकलन गरिएको छ। मृत्युदण्ड कुरिरहेका दिलबहादुर घर्तीलाई जसरी भएपनि सकुशल नेपाल फर्काउन अभियानलाई सक्रिय र बृहत बनाउने कुरा अभियान्ता रुपधन घर्ती र सुगम बुढाले बताउनुभयो ।

यो मानबिय पुण्य मा सहयोग गर्न इच्छुक सहयोगि हरु ले यी नम्बर मा फोन गरि सहयोग गर्न सक्नुहुनेछ
शुगम मगर – 0149856895
रुप धन घर्ती मगर (सुकुमार) 0169781134
अर्जुन घर्ती मगर 01151534127

शुगम मगर को CIMB बैंक को एकाउन्ट नम्बर 7057418309 मा पनि एमाउन्ट जम्मा गर्न सक्नुहुनेछ एउटा निर्दोष नेपाली को मृत्यु हुन बाट बचाइदिनुहुन्छ भन्ने आपेक्षा अभियान्ता हरु ले लिएका छ्न ।