नेपाली समय:
Flash News

नेपाली बिषय संरक्षण अभियान

नेपाल र नेपाली भाषा रहेपो हामी नेपाली रहन्छौ अनि हाम्रो परिचय स्पष्ट खुल्छ। नेपाली भाषा हाम्रो सञ्चारको, सरकारी कामकाजको माध्यम भाषा, १२३भाषा बोल्ने सारा नेपालीहरुको एउटै मात्र सम्पर्कको माध्यम भाषा हो । नेपाली भाषाले नेपालको संस्कृति,परम्परा, स्वाभिमान र गरिमालाई आत्मसाथ गरेको हुनाले यसको संरक्षणा र सम्बर्द्धन गर्नु सबै नेपालीको कर्तव्य र जिम्मेबारी पनि हो । अहिले कक्षा ११-१२लाई पनि माध्यमिक तहमा राखिएको अवस्थामा नेपाल सरकार अन्तरगत पाठ्यक्रम विकास केन्द्रले अनिवार्य नेपाली विषयको अध्ययन अध्यापनमा पूर्णाङ्क घटाएर ५०/५० मात्रै बनाउने निर्णय गर्न खोज्नु भोलिका देशका कर्णधारहरुले नेपाली भाषाको महत्वलाई कमजोर ठान्छन भन्ने सङ्केत हो । यदि हामी नेपालमा जन्मिएका नेपाली हौँ भने कम्तिमा माध्यमिक तह (कक्षा ११/१२) सम्म १०० /१०० पूर्णाङ्कको पढाउनु पर्दछ । माध्यमिक तहमै नेपालीलाई कम गर्दै लगियो भने नेपाली भाषाको अवस्था के होला??? सोच्ने र नेपाली भाषा र विषयको संरक्षणमा केही गर्ने समय आएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को अनिवार्य नेपाली विषयको पूर्णाङ्क ५०/५० बनाउने की १००/१०० पूर्णाङ्कको बनाउने भन्ने विवादका कारण सुटुक्क भोटिङको सर्त राखेर कति पूर्णाङ्क बनाउनेमा बढी इमेल आउँछ त्यसकै आधारमा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हुँदा तपाई हामी सबै नेपाली भाषाका बक्ता र राष्ट्रवादी सबैले तलको इमेल ठेगानामा आफू १००/१०० पूर्णाङ्कको पक्षमा रहेको शन्देस पठाई भोटिङ गरिदिनुहुन अनुरोध गर्दछौँ ।
साभार-Email ID
[email protected]
for more details
www.moecdc.gov.np

http://