नेपाली समय:
Flash News

कृश्चियनको बाहुल्य रहेको धादिङ जिल्लामा  तीन महिने नि:शुल्क बौद्ध धर्म शिक्षा सिबिर संचालन !!

भगवान बुद्धको वाणिलाई नेपाली समाज लगायत तामाङहरुको गाउँ गाउँ बस्ती बस्ती र जिल्ला जिल्लामा पुर्याउने अभियानका साथ २०७५ , ०२, ०४ गते तीन महिने बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण नि:सुल्क सिबिर कार्यक्रम तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा कृश्चियनहरुको बाहुल्य रहेको धादिङ जिल्ला रुबिभ्याली गाउँ पालिका वाड न ०१ मा तामाङ बौद्ध महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङ ज्युको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ |

समुद्घाटन कार्यक्रम पछि तामाङ बौद्ध महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित तामाङ ज्युको मुखार बिन्द बाट सांसरकै अग्लो सगरमाथाको देश नेपालमा जन्मनु भएको महामानव नेपालको भिबुती गौतम बुद्धको धर्म दर्शन र युरोप बाट भित्रिएको जेसिस क्राई कृश्चियन धर्मको मुख्य बिसयमा प्रबचन दिनु भएको थियो भने हराउदै गएको तामाङ समुदायको धर्म सस्कार सस्कृती रिति रिवाज र भाषा भेष भुषा तथा पिलिको बारेमा अब जगेर्ना गर्नु पर्छ भाबी पुस्ताहरुको लागि एउटा राम्रो इतिहास रचेर राख्नु पर्छ भनेर उपस्थिति तामाङ समुदायलाई जानकारी गराउनु भएको थियो |

उक्त समुद्घाट्न तथा बौद्ध धर्म प्रबचन कार्यक्रम मा बिशेष अतिथिमा रुबिभ्याली गाउँको वडा १ का अध्यक्ष सेर बहादुर तामाङ तेसै गरि वडा नम्बर २ का अध्यक्ष सुन्दर तामाङ बिशिस्ट अतिथिहरुमा बौद्ध धर्म गुरु लामा आईत तामाङ , लामा गुरुहरु र तिप्लिङ गाउँको बुद्धि जिबिहरुमा बुद्ध लामा तामाङ खम्ब घले तामाङ बौद्ध महासंघ नेपालका सदस्य श्याम लो तामाङ लगायत गाउलेहरुको बाख्लो उपस्थिति रहेको थियो |

यश तीन महिने नि:सुल्क बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण कार्यक्रम मा ४० जान नयाँ प्रशिक्षार्थीले सहभागी जनाएको छ भने प्रशिक्षकमा तिप्लिन गाउँको स्थानिय बासि ९०% कृश्चियनले ओगटेको तिप्लिङ गाउँमा मात्र ६ वटा चर्च बनाई २०४८ देखि २०५० सम्म पुरै गाउँलाई कृश्चियन बनाउन सफल ठाउँमा राणाकालमा राणाले ताम पत्रमा लेखेर दिएको इतिहास भन्दा सयौं बर्षा अगाडी निर्माण भएको पुरानो तामाङ गुम्बाको जगेर्ना सङ्गै ४ वटा बौद्ध गुम्बा निर्माण गर्न सफल हुनु भएका धर्म गुरु सम्तेन छोईलिङ गुम्बाको अध्यक्ष तथा प्रमुख लामा गुरु आईत तामाङ हुनु हुन्छ भने यो नि: सुल्क बौद्ध धर्म सिबिर प्रशिक्षण कार्यक्रम तीन महिने सम्म चली रहने छ |

धादिङ जिल्लाको एकदमै बिगट ठाउँ तिब्बतको सिमाना सङ्ग जोडेको तामाङ बस्तिहरु तिप्लिङ ,झार्लाङ ,बराङ ,सेर्कुङ, लाबा ,चालीस , नाम गरेको तामाङ गाउँहरु पुरै कृश्चियन भई सकेको र तेस ठाउँमा पुग्न पनि एक दिन गाडी चडेर अर्को दिन दिनभरी हिनेर आउदा जादा मात्र चार दिन लाग्ने बिगट ठाउँ रहेको हुँदा तामाङ समुदायको प्रतिनिधित्व गर्छु भन्ने तामाङ संघ सस्थाको वरिष्ठ प्रतिनिधि , तामाङ मिडिया , पत्रकारहरु , तामाङ बुद्धि जिबिहरु र नेपाल सरकारले पनि बिशेष अब्लोकन र ध्यानु दिनु पर्ने रहेको जानकारी तामाङ बौद्ध महासंघ नेपालका बरिस्ठ उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङले तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनामनोर्बु बोम्जन तामाङलाई जानकारी गराउनु भएको थियो |

यस तीन महिने नि:सुल्क बौद्ध धर्म शिक्षा सिबिर कार्यक्रमको प्रायोजकमा अनिल घिसिङ तामाङ डहु रामेछाप जिल्लाको हुनु हुन्छ भने बेवस्थापनमा सम्तेन छोईलिङ गुम्बा रिबुभ्याली गाउँ पालिका वाड १ तिप्लिङ धादिङ रहेको छ तेस्तै गरि आयोजकमा तामाङ बौद्ध महासंघ नेपाल केन्द्रिय कार्यलय बौद्ध वाड न ६ रहेको छ |