नेपाली समय:
Flash News

रंगेली बिधुत प्राधिकरण ले चुहावट नियन्त्रण बारेमा जनचेतनामूलक कार्यक्रम गर्ने ।

 
रबिन्द्र बराल
माेरङ/

नेपाल बिधुत प्राधिकरण कर्मचारी युनियन रंगेली ईकाइ समिति द्वारा बिधुत चुहावट नियन्त्रण तथा महशुल संकलन र मिटर रिडिङ सहित छडके चेक जाँच स सम्वन्धित जनचेतना मुलक कार्यक्रम अभियान सुरु गर्ने भएको छ। उक्त कुराकाे जानकारी गराउदै युनियन ले शुक्रबार एक कार्यक्रम बिच उक्त कुराकाे जानकारी गराएकाे छ । कर्मचारी युनियन रंगेली ईकाइ समिति का अध्यक्ष भुपेन्द्र प्रसाद साह ले भने अहिले बिधुत प्राधिकरणले राणा शासन काे ब्यवहार गरेर प्रहरी हरुलाई घर घरमा लगेर बिधुत चुहावट नियन्त्रण गर्नु अमानवीय भएको समेत बताए ।

अब का दिन हरुमा अाफ्नाे युनियन ले जनचेतनामूलक कार्यक्रम अन्तर्गत बिधुत चुहावट नियन्त्रण गर्ने समेत बताए । युनियन ले अाफ्नाे एरिया मा माईकिङ गर्ने, कक्षा नाै र दस का बिधार्थिहरुलाई बिधुत चुहावट सम्धित प्रशिक्षण दिने जस्ता कार्यक्रम हरु गरिने समेत बताए । साे कार्यक्रममा ज्यालादारी मा काम गर्दे अाएका रबिन्द्र गिरि ले भनेे ज्यालादारी हरुले २४ घन्टा काममा खटाएता पनि अाफु हरुकाे मुल्यांकन नभएको र रकम मा काम गर्नुपर्ने बाध्यता रहेको र ज्यालादारी काे पीडा नेपाल सरकार र क्षेत्रिय प्रमुख ले बुझ्नु पर्ने समेत बताए का छन । कार्यक्रमकाे प्रमुख अतिथि नेपाल बिधुत प्राधिकरण का क्षेत्रीय निर्देशक सचिदानन्द यादव, बिष्ट अतिथ सचिवालय का अाेम प्रकाश खतिवडा ,युनियन का क्षेत्रीय अध्यक्ष शत्रुधन प्रसाद यादव , अाेम प्रकाश भट्टराई ,अशोक बाेगटि,युगेश ढकाल लगायत ले बिधुत चुहावट र नियन्त्रण का बारेमा बाेलेका थिए । अहिले रंगेली बिधुत प्राधिकरण ले ४ बटा नगरपालिका र दुईवटा गाउँ पालिकाका सर्वसाधारण हरुलाई सेवा दिईरहेकाे छ । अहिले सम्म ४१ हजार ग्राहक हरु रहेका छन । चैत्र मसान्तसम्म मा रंगेली बितरण केन्द्र ले १२ सय ६० जान बिधुत महसुल तिर्न बाँकी रहेका हरुकाे लाईन काटिएको छ भने त्यसकाे कुल रकम १ करोड ९४ लाख रुपैयाँ रकम उठन बाँकी रहेको


छ। ८ सय ९१ उपभोक्त हरुलाई कार्वाही गरेर १ करोड ४१ लाख रुपैयाँ राजस्व उठाएकाे र मिटर बाट चुहावट गर्ने लाई कार्वाही गरेर १३ लाख रुपैयाँ असुलि गरेको प्राधिकरण ले जनाएको छ । त्यसैगरी अहिले नयाँ ग्राहक हरु समेत ६ हजार रहेको समेत बताए ।अहिले बिधुत प्राधिकरण ले सर्वसाधारण हरुलाई कुनै समस्य नहाेस भनेर २४ घन्टा फिउज सेवा समेत सुरु गरेको छ । बिधुत प्राधिकरण ले अहिले सर्वसाधारण हरुलाई महसुल तिर्न समस्य न हाेस भनेर नेपाल राट्रिय बैक बाट मान्यताप्राप्त प्रदायक बाट अाफ्नाे महशुल बुझाउन सकिने छ । बिधुतमहसुल निजि ई सेवा बाट सुरु गरेको र प्राधिकरण ले टाढा बाट अाउने सर्वसाधारण हरुलाई सजिलो हाेस भन्ने उद्घेस्य ले याे सेवा सुरु गरेको हाे ।
अहिले रंगेली,बाहुनी,अमरदह,सिजुवा, कानेपाेखरी,लागयत २१ स्थान हरुबाट बिधुत महशुल भुक्तानी गर्ने सकिने कार्यलयका प्रमुख संन्जय गुप्ता
ले बताउनु भयो । उक्त कार्यक्रम मा युनियन रंगेली ईकाइ समिति का अध्यक्ष भुपेन्द्र प्रसाद साह सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।