नेपाली समय:
Flash News

श्रमिक वर्गले अब के गर्ने ?

 

श्रमिक आफैमा सामाजिक वर्ग हो । एउटा लगानी कर्ताको पूँजी लगानीलाई एक वा एकभन्दा बढी श्रमिकहरुको श्रम लगानीद्वारा नै त्यो मालको रुपमा उत्पादन हुन्छ र बजारमा आम जनताको उपभोग मार्फत पूँजी बन्न पुग्दछ । त्यही पुँजीमा कसको कति स्वामित्व हो भन्ने कुरालाई निष्पक्ष रुपमा व्यवस्थापन गर्नको लागी नै राज्यको आश्यकता पर्दछ । आज पर्यन्तको राज्य व्यवस्था एक पक्षीय भएकै कारण नै नेपालमा विभिन्न आन्दोलनहरु हुदै जनयुद्धको बलमा १९ दिने जनआन्दोलन मार्फत नेपाली राज्यको युगान्तकारी परिवर्तन भएको कुरा अव व्याख्या गर्नुपर्ने विषय रहेन । तसर्थ पूँजी, श्रम र बजारको त्रिपक्षीय सामाजिक संरचनालाई न्यायोचित रुपमा हल गर्नु नै समाजवाद उन्मुख संविधानद्वारा निर्देशित नेपाल सरकारको अनिवार्य दायित्व हो । यस्तो अवस्थामा समाजवाद प्राप्ती र आन्दोलनको हिसावले सबैभन्दा अग्रणी र आधारभुत क्षेत्र भनेको टे«ड युनियन नै हो । यसर्थ अखिल नेपाल टे«ड युनियन महासंघ र यसका नेता कार्यकर्ताहरुले अव के गर्ने भन्ने विषयमा आगामी तत्कालीन योजना बारे छोटो चर्चा गर्ने प्रयत्न गरिएको छ र यसले माग गर्ने सांगठानीक कार्यक्रम अर्को कुनै सन्दर्भमा उल्लेख गरिनेछ ।
श्रम ऐन के हो ?
नियुक्तीपत्र, संचयकोष, उपदान, वोनस, विदा आदि श्रमिक वर्गले लामो बलिदानपूर्ण आन्दोलनमा मार्फत मात्रै प्राप्त गरेको महत्वपूर्ण उपलब्धी हो । पूँजीपति वर्गले उसको कारखानामा काम गरेकै कारणले दयाले दिएको कुरा होइन । यो त समाजवादी राज्यको प्रारम्भीक रुप हो । जुन कुरा पूँजीवादी राज्यले आप्mनो सकट टार्न उपयोग मात्र गरेको हो । यसर्थ यस विषयप्रति हामीमा किन्चीत पनि भ्रम रहनु हुँदैन । यस कारण नेपालमा हालै जारी भएको श्रम ऐनमा भएको व्यवस्था ः एकै दिन काम गरे पनि र एकै जनाले काम गरे पनि काम गरेको दिन देखि माथी उल्लेिखत अधिकार लागु हुने प्रावधान हालै जारी भएको श्रम ऐनमा स्पष्ट सब्दमा राखिएको छ । त्यसलाई संगठनको सबै निकायले गंभीरतापूर्वक लिई अभियानात्मक रुपमा लागु गराउने अभियान संचालन गर्ने कुरा समाजवादी आन्दोलनलाई नै अगाडि बढाउने कुरा हो भन्ने कुरामा स्पष्ट हुन जरुरी छ ।

त्यसैगरी श्रम ऐनको व्यवसथा अनुसार व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा कानुनी हकको रुपमा नै स्थापित गरेको छ । यसको अर्थ के भने कुनै पनि कामको कारण श्रमिकको lhpधन र स्वास्थ्यप्रति आँच आउँछ भने त्यस्तो अवस्थामा काममा लगाउन पाइदैन र यदि जवरजस्ती लगाइएमा कानूनी कारवाहीको हक पनि उपलब्ध गराएको छ । यसर्थ ज्याला र सुविधा मात्र होइन कार्यस्थल र उसको सुरक्षा पनि अवको टे«ड युनियन आन्दोलनको कार्यसूची बन्न जरुरी छ ।
विदेशमा भएको श्रमिकबारे के गर्ने ?
कम्तीमा अरु १५ वर्ष अरवको खाडीमा जाने श्रमिकलाई न हामी रोक्न सक्छौं न उनीहरुले भोग्नु परेको अमानवीय अत्याचारलाई रोक्न नै सक्दछौं । यो कारुणीक कथा त भनि साध्य छैन अहिले त्यसको चर्चा नगरौं बरु कुरा के भने तिनको विषयमा हामी आफै कति गंभिर छौं ? प्रश्न यो चाही महत्वपूर्ण हो । वास्तवमा भन्ने हो भने हाम्रो संगठनले यो मुद्दालाई राष्ट्रिय प्राथमिकताको विषय नै बनाउन सकिरहेको छैन । यसर्थ हामीले गर्नैपर्ने विषय भनेको गाउँगाउँमा ती दलाल र मान्छे बेच्ने कम्पनीहरुको अमानवीय व्यापारको विरुद्ध कम्तीमा मानवीय व्यापार गर्न र सम्वन्धीत व्यापारी र राज्यलाई गंभीर बनाउन सबभन्दा पहिले गाउँस्तरमा तिनको समस्यालाई संगठीत गर्ने र एउटा स्थानीय तहमा कम्तीमा एउटा सिप तालिम केन्द्र बनाउन लगाउने र सिपमा दक्ष भएको जनशक्तिलाई मात्रै विदेश पठाउन पाउने व्यवस्था लागु गर्न सके ठूलो कार्य हुन्छ । र यो पनि हाम्रो अनिवार्य कार्य हो ।
समाजवादको ठोस तत्कालीन कार्य के बनाउने ?
सामाजिक सुरक्षाको कार्यक्रम पँुजीवादले समाजवादी संसार तथा मजदुर विद्रोहबाट जोगिन अपनाएको वाध्यात्मक कार्यक्रम हो । सबै भन्दा पहिले यो विषयमा स्पष्ट हुन जरुरी छ । त्यसकारण अहिले हामीले सचालन गर्न खोजेको सामाजिक सुरक्षा कोषले ठूलै के के न गर्छ भनेर हामीले नै धेरै ढ्याङ्गग्रो ठटाउन जरुरी छैन । किन भने यो मजदुरको आफ्नै लगानीको आधारमा संचालन हुने कार्यक्रम हो । अर्थात् पूँजीवादी वीमा कार्यक्रम मात्रै हो यसर्थ हामीले सामाजिक सुरक्षाको यो रुपलाई गुणात्मक रुपमा अगाडि बढाएर मात्रै समाजवादको केही प्रारम्भीक व्यवस्थाहरुलाई अगाडि बढाउन सक्दछन् । जसको लागि हाम्रो महासंघले भर्खरै सरकारलाई पेश गरेको मागको खास गरी उचित आवास, सबै रोगको निशुल्क उपचार, निशुल्क उच्च शिक्षा, शिशु स्याहार केन्द्र, खाद्यन्नमा आधा सहुलियतको मागलाई अव नाराको रुपमा होइन क्रियात्मक रुपमा अगाडि बढाउनु पर्दछ ।
अन्तमा, जव राज्य संम्झौतामा बनाउँदैछौं, संविधान सम्झौतामा बनाउँदैछौं भने यी माथि उल्लेखित सुधारात्मक कामद्वारा नै श्रमिकमैत्री राज्यव्यवस्था बनाउने लक्ष्यमा पुग्न सक्दछौं । यो कुरा नै महासंघले अव गर्ने कार्य हो ।

 

लेखक

धनबहादुर बि.क.,

उपाध्यक्ष अखिल नेपाल टेड युनियन महासंघ