नेपाली समय:
Flash News

कमरेड नारायणकाजी श्रेष्ठको सरानीय पहल

भुकम्पबाट ज्यादै क्षतिग्रस्त दोलखा,रामेछाप र सिन्धुली जिल्लाका बिभिन्न स्थानहरुको केहि दिनको स्थलग्रत भ्रमण गरी राजधानी फर्केको छु । भ्रमणका क्रममा क्षतिको प्रकृती एवं मात्रा कोअध्यायन्,राहात तथा पुनस्थापनाको स्थितिको जानाकारि,पिडित जनतासङ्ग छलफल्,जिल्ला बिपत ब्यबस्थापन समितिका बैठकमा सहभागिता र आस्थायी बिद्यालय टहराहरुको हस्तान्तरण जस्ता कार्य भए ।
राजधानी आउनासाथ तत्काल हिजो नै मैले प्रधानमन्त्रीसङ्ग प्रमुख पार्टिका शिर्ष नेताहरुको उपस्थितिमा अनुगमनका क्रममा देखिएका निम्न केहि समस्याहरुको तत्काल समाधानको लागी कुरा गरें । प्र म को आदेश अनुसार बनमन्त्री महेश अचार्यले समबन्धित निकायहरुलाई निर्देशन दिनुभयो ।
१) सरकार ले आस्थायी आबास को लागी दिने भनेको रु१५००० प्रकृयाको अनाबश्यक झञ्झट ले बर्षा अघी बितरण हुने स्थिती छैन ।त्यसैले परिचय पत्र बनाएर मात्र बितरण गर्नुको सट्टा निबेदन लाई सरल बनाएर त्यसको अधारमा तुरुन्त रकम बितरणा गर्ने ।(यद्यपी यो रकमले पुग्दै पुग्दैन्)
२) पुर्व तयारी बिना नै ज्यैष्ठ १७ गते बाट बिद्यालय सञ्चालन गर्ने निर्णय ले भात्केका जोखिम युक्त भवन हरुमा नै पठनपाठन हुने स्थिती सिर्जना भएबाटबिद्यार्थी हरु को जीवन मा खतर उत्पन्न भएको छ ।भ त्केका बिद्यालय हरुमा प्राबिधिक पुगेर रिपोर्ट दिने काम समेत भएको छैन ।त्यसैले १७ गतेबाट पढाइ शुरु गर्ने भनिए पनि जोखिम युक्त भवन हरुमा अर्को बैकल्पिक ब्यबस्था नगरि बिद्यालय नचलाउन निर्देशन दिने ।


३) बस्ती वा घर भएको जमिन नै भसिएको वा पैरो गएको कारणबाट ति बस्तिह रु तात्कालिक पुनस्थापना का लागी समेत सार्नु पर्ने भएको तर भुगर्भबिद नगएको ले जटिल पारिस्थिती सिर्जना भएको छ ।त्यसैले तत्काल प्रकोप ग्रस्त क्षेत्र हरुमा भुकम्प बिद हरु पठाउने ।

'In Jiri higher sec school'
'Jiri uchcha ma vi ko euta Tamara hastantaran'
'Nabanirmit Tahara agadiko volunteer sathiharu'
'Jiri kai sahid smriti bidyalaya ko Tahara nirman'
'Ramechap ko DDRC ko meeting ma'